मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

भद्रपुरका व्यवसायी घोष परिवारद्धारा २ सय ४६ जना विद्यार्थीलाइ जाडोको कपडा वितरण

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२९ पौष २०८०, आइतबार

झापा । झापाका व्यवसायी सञ्जीव घोषको परिवारले सामुदायिक विद्यालयका २ सय ४६ जना विद्यार्थीलाइ जाडोको कपडा वितरण गरेका छन् । विर्तामोड ८ देउनिया डाँडामा रहेको शुक्रराज आधारभूत विद्यालयका बाल कक्षा देखी ८ सम्म अध्ययनरत विद्यार्थीलाइ कपडा वितरण गरेका हुन् ।
 दाताको आग्रहमा विद्यालय परिवारले आइतबार आयोजना गरेको कार्यक्रममा भद्रपुरका व्ययवसायी घोष र उनकी श्रीमती तथा दर्शन गार्मेन्टकी प्राेपाइटर पीङ्की साह घोषले कपडा वितरण गर्दै विद्यालय परिसरमा वनभोजको समेत आयोजना गरेका थिए ।
कानुन व्यवसायी एवम पूर्व विद्यार्थी स्वागत नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालले पुस्तकालयलाइ ५० हजार मूल्य बराबरको पुस्तक निःशुल्क सहयोग गर्ने घोषणा गरेका थिए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवार र शिक्षकहरूमा मुद्दा परेको खण्डमा निःशुल्क वकालत गरिदिने प्रतिबद्धता पनि  जनाएका थिए ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुको दयनीय अवस्था देखेर न्यानो कपडा वितरण गरेको दाता घोषले बताए । यस प्रकारका सामाजिक कार्य वार्षिक रूपमा गर्दै आइरहेकाे उनले बताए ।

 जाडोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थी लगायत विद्यालय परिवार र अभिभावक खुसी देखिएका थिए ।
 विद्यालयमा बाल रोग विशेषज्ञ रविन रेग्मी लगायतको चिकित्सक टोलीले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको थियो । 

कार्यक्रममा बक्सिङ संघ झापाका सचिव तर्कराज राई, डा. रविन रेग्मी, दाता सञ्जीव घोष लगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रधानाध्यापक सोमादेवी दुलालले प्रकाश पारेकाे कार्यक्रमको सञ्चालन शिक्षक रमेश ढुङ्गेलले गरेका थिए भने कार्यक्रमको सहजीकरण टिकाराम नेतिले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार