मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

हुलाकी मार्गको कनकाई पुल १३ वर्षदेखि अलपत्र

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

झापा ।  झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कनकाईमाई नदीको पुल १३ वर्षदेखि अलपत्र छ ।

सरकारी बेवास्ता र निर्माण व्यवसायी कम्पनी पप्पु–महादेव–खिम्ती जेभीको चरम लापरबाहीले पाँचपटक म्याद थप्दा पनि काम सकिएको छैन । पुलको निर्माण निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी महादेव–खिम्ती र हरिनारायण चौधरीको पप्पु कन्स्ट्रक्सन जेभीले गरेका हुन् । समयमै सम्पन्न गर्नेभन्दा विकास आयोजनाको ठेक्का लिने र होल्ड गरेर राख्ने काममा पप्पु लागेपछि पुल निर्माण अधुरै छ । पुल अनुगमनमा मन्त्रीदेखि सांसदसम्मले पटकपटक अनुगमन गरेका छन् । यो प्रधानमन्त्रीको जिल्ला झापामा अलपत्र पुल हो । यही जिल्लाका सांसद देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।

कनकाई पुल नबनेपछि स्थानीय भने जोखिपूर्ण रूपमा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गरिरहेका छन् । मोटरसाइकलमा यात्रा गर्नेलाई ५० रुपैयाँ र साइकलमा यात्रा गर्नेलाई ३० रुपैयाँ लिने गरिएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले एक वर्षदेखि कनकाई पुलको काम रोकिएको बताए । निर्माण व्यवसायीले भने म्याद थपको सुनिश्चितता, बजेटको सुनिश्चितता खोजेको उनले बताए ।

सात सय मिटर लामो पुल २०६८ जेठ ३१ गते पप्पु र महादेव–खिम्ती जेभीले २०७२ जेठ २९ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । पाँचौँपटकको म्याद २०८० असारमै सकिएको थियो । त्यसपछि म्याद थपिएको छैन । ५६ प्रतिशत मात्र काम सकिएको हुलाकी सडक आयोजना कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार