मुख्य समाचार
राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार |

नेपालको लागि पहिलो गोल गर्न पाउँदा खुशी छु : सन्जिव विष्ट

देश प्रदेश डेस्क 5366+ समाचार ( )
३० जेठ २०८१, बुधवार

झापा । फिफा विश्वकप छनाैटको दोस्रो चरणमा नेपालले लगातार पाँच खेल हार्दा कुनै गोल गर्न सकेको थिएन । गएराती साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको समूह एचको अन्तिम खेलमा नेपालले यमन विरुद्ध गोल र अंक दुवैको खडेरी तोड्यो ।

सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा नेपालले यमनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

त्यसमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी थिए सन्जिव विष्ट ।

एक गोलले पछि परेको स्थितीमा सन्जिवले २२औं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काएका थिए । एसियन कपको छनाैट समेत रहेको छनाैटको दोस्रो चरणमा नेपालले पाँच खेलपछि गोल गरेको हो ।

दोस्रो चरणमा गोलको खडेरी तोड्दै नेपालका लागि आफ्नो पहिलो गोल गर्न पाउदा खुशी लागेको सन्जिवले बताएका छन् । ‘मलाई एकदमै खुशी लागिरहेको छ । एउटा खेलाडीको लागि आफ्नो राष्ट्रको लागि खेल्नु ठूलो उपलब्धि हो । त्यसमा गोल समेत गर्न सकेँ । अझै खुशी लागेको छ ।’ खेलपछि सन्जिवले पोष्टम्याच कन्फ्रेन्समा भने ।

सन्जिवले गोल गरेपछि जिलेस्पीले ६६औं मिनेटमा गोल गर्दै नेपालाई अग्रता समेत दिलाएका थिए । तर अन्तिम सममया सम्हालिन नसक्दा यमनले गोल गर्‍यो र खेल बराबरीमा सकियो ।

‘हामीले पाँच वटा खेलमा एक गोल पनि गर्न सकेका थिएनौँ । आज ९० सम्म अग्रता लिएका थियाैं, तर अन्तिम ५ मिनेट रोकिएको भए नतिजा अर्कै हुन्थ्यो,’ सन्जिवले भने, ठिकै छ आज हामीले गोल गर्न सक्यौँ । बराबरी खेलेपनि खुशी लागिराछ ।’

नेपाली टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले पनि यसै खेलबाट एक सयौँ खेल खेल्ने दुर्लभ कीर्तिमान बनाए ।

किरणको सयाैँ खेललाई पनि उपलब्धि मुलक बनाउन सबै खेलाडी उत्प्रेणा भएर लागेको सन्जिवले बताए । उनले सबैको कडा मिहिनेतले नतिजा आएको बताए । ‘आज हामी सबै खेलाडीले किरण दाईको लागि विशेष बनाउने योजना बनाएका थियौँ । सबै जनाको मिहिनेतले नै यो नतिजा आएको जस्तो लाग्छ ।’

नेपालले छनाैटको दोस्रो चरणमा ६ मध्ये १ खेलमा बराबरी खेल्दा बाँकी ५ खेलमा पराजित भएको थियो । १ अंकसहित नेपाल समूह एचको पुछारमा रह्यो । विश्वकप छनाैटको अर्को चरणको सम्भावना सकिएको नेपालसँगै यमनले अब एसियन कप छनाैटको तेस्रो चरणमा खेल्नेछ । यस समूहबाट युएई र बहराइन शीर्ष दुईमा रहँदै फिफा विश्वकप छनोटमा तेस्रो चरणमा पुगेको छ साथै एसिया कप २०२७ को लागि सिधै छनाैवट भइसकेको छ ।

दोस्रो चरणको ९ समूहको शीर्ष दुई टोली गरी कूल १८ टोली एसियन कपमा छनाैट भइसकेका छन्।

अनलाइन खबरबाट 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार