मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

कोशी ग्यास उद्योगको लापरबाही, सिल प्याक सिलिन्डर नै खाली

देश प्रदेश डेस्क 5495+ समाचार ( )
फाइल तस्विर
७ अशोज २०८०, आइतबार

झापा । कोशी ग्यास उद्योगको सिल प्याक सिलिन्डर रित्तो पाइएको छ । मोरङको बुढिगंगास्थित कोशी ग्यास उद्योगबाट बजारमा बिक्रीका लागि लगिएको सिलप्याक सिलिण्डरमा ग्यास नै नभएको पाइएपछि उक्त उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

सो उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । बूढीगंगा गाउँपालिका–४, नेमुवास्थित कोशी ग्याँस उद्योगले बिक्रीका लागि लगेको ग्याँस विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेकी थिइन् ।

सिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिण्डरमा ग्याँस नै नभरेको भेटिएको वाणिज्य कार्यालयले जनाएको छ ।

उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेकी थिइन् । डिलरबाट ग्याँस डुलाउने चौधरीसँग आफूले ग्याँस लिएकी सिंहले सिलिण्डर जोड्न खोज्दा ग्याँस नभएपछि अचम्मित भएको बताइन् ।

सिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार उद्योगको निरीक्षण गर्दा कैफियत भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन अनुसार कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको बस्नेतले बताए । ग्याँसमा उपभोक्तामाथि ठगी भइरहेको देखिएको वाणिज्य कार्यालयले जनाएको छ ।

उपभोक्ता सिंहले कोशी ग्याँसबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताइन् ।

डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको सिलप्याक ग्याँस आफूले बिक्री गरेको बताएका छन् । कोशी ग्याँस उद्योगका प्रबन्धक सचितकुमार उपाध्यायले उद्योगबाट सही तरिकाले सिलिण्डर पठाइएको दाबी गर्दै डिलरमा गइसकेपछि जिम्मा लिन नसक्ने बताए ।

उद्योगमा भएका सिलिण्डर सही अवस्थामा रहनु र बाहिर पठाइएकोमा ग्याँस नभएको कुरा आउनुले आफूहरु पनि अचम्ममा परेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार