मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

झापा–१ मा घिमिरे र ५ मा तामाङ नेकपाका उम्मेदवार

देश प्रदेश डेस्क 5492+ समाचार ( )
४ माघ २०८२, शनिबार

झापा / आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापाका दुई क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको  छ ।

पार्टीले झापा क्षेत्र नम्बर १ मा इन्जिनियर अशेष घिमिरे र क्षेत्र नम्बर ५ मा विद्यार्थी नेता रञ्जित तामाङलाई उम्मेदवार उठाउने निर्णय गरेको हो ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले उम्मेदवारहरूलाई शनिबार टिकट हस्तान्तरण गरेका छन् ।

झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका इन्जिनियर अशेष घिमिरे युवा नेता हुन् ।  यस क्षेत्रमा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका थिए ।

त्यसैगरी झापा क्षेत्र नम्बर ५ मा नेकपाका तर्फबाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले टिकट पाएका छन् । तामाङलाई संयोजक प्रचण्डले टिकट प्रदान गरेका हुन् । यो क्षेत्र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

२०७९ को निर्वाचनमा यहाँबाट ओली भारी मतान्तरले विजयी भएका थिए । आगामी फागुन २१ को निर्वाचनमा ओली र नेकपाका तामाङसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि उम्मेदवारी दिने तयारी गरेपछि झापा–५ देशभरकै चासोको केन्द्र बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै