मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापाका सशस्त्रका एसपी राईकाे सरूवा,भण्डारी आउने

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१३ माघ २०८१, आइतबार

झापा । सशस्त्र प्रहरी नेपालले ९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को  सरुवा गरेकाे छ । सशस्त्र प्रहरी बल, नेपालले जारी गरेको विज्ञप्तिअनुसार प्रशासनिक दृष्टिकोण एवं आवश्यकताअनुसार उनीहरूको सरुवा गरिएको हो। सरुवा गरिएका सशस्त्रका ९० एसपीलाई २०८१ फागुन १ देखि सरुवा गरिएको कार्यालयबाट तलबभत्ता तथा रासन पाउने व्यवस्था गरिएको छ। 

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ९० एसपीलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भएबमोजिम नियम ३५ को उपनियम (१) को खण्ड (ग) अनुसार सशस्त्र प्रहरी महानिरीक्षकले माघ १० गते गरेको निर्णयअनुसार सरुवा गरिएको सशस्त्र प्रहरीले बलले जनाएको छ।

यता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा हेडक्वाटरका एसपी कवीन्द्र राईको सरुवा भएको छ । उनको ठाउँमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट एसपी तुलबहादुर भण्डारी आउन लागेका हुन् । एसपी राईको मानव स्रोत विभागमा सरुवा भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार