मुख्य समाचार
लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ |

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

देश प्रदेश डेस्क 5368+ समाचार ( )
१३ आषाढ २०८३, शनिबार

नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान विराटनगर–१० स्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङको टोली आज बिहान गिरीको घरमा खानतलासी गर्न पुगेको थियो। सोही क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो।

गिरी यसअघि अपहरणसम्बन्धी मुद्दामा कैद भुक्तान गरी रिहा भइसकेका थिए। रिहाइपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए।शरीर बन्धक तथा अपहरण मुद्दामा मोरङ कारागारमा रहदा गिरी चौकीदार थिए । कैदभुक्तान गरी छुटेपनि उनीमाथि मोरङ कारागारको आन्तरिक व्यवस्थापनमा सक्रिय भएको आरोप लाग्दै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा गिरीलाई पक्राउ गरेको बताए । ‘ कारागारका कैदीबन्दीलाई प्राप्त हुने पैसा उनले लगेको आरोप छ,’ उनले भने,‘ थप अनुसन्धान जारी छ ।’

विवादास्पद छविका गिरी गुण्डानाइकेको रुपमा परिचित छन् । पछिल्लो दुई वर्षयता भने उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार