मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मेचीनगरका १३ जनप्रतिनिधिले इन्धन बापत बढी सुविधा लिए

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

झापा । तीन जना वडा अध्यक्ष सहित १३ जना जनप्रतिनिधिले इन्धन बापतको बढी सुविधा लिएको पाइएको छ । झापाको मेचीनगर नगरपालिकाकामा   गत आर्थिक बर्ष २०८०/०८१ मा मेचीनगरका वडा नं. २ का वडा अध्यक्ष दिपक बराल, वडा नं. ५ का वडा अध्यक्ष कनक बहादुर कार्की र मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणी ओलीसहित १३ जना जनप्रतिनिधिबाट इन्धन बापत बढी सुविधा लिएका हुन् ।उनीहरूले ३ लाख दुई हजार ८२२ रुपैयाँ असुल गर्नु पर्ने महालेखाले औंल्याएको छ ।

महालेखा परीक्षक कार्यालयको लेखा परिक्षण प्रतिवेदन अनुसार वडा अध्यक्ष बरालले ५१ हजार ११० रुपैयाँ, वडा अध्यक्ष कार्कीले ३ हजार ३२० रुपैयाँ र वडा अध्यक्ष ओलीले दुई हजार ४९० रुपैयाँ इन्धन बापत बढी सुविधा लिएकाले फिर्ता गर्नु पर्ने देखिएको छ । 

सबैभन्दा बढी कार्यपालिका सदस्य चित्रकुमार धिमालले ६५ हजार ५७० रुपैयाँ इन्धनको बढी सुविधा लिएकाले फिर्ता गर्नु पर्ने भएको छ । त्यस्तै माया प्याकुरेलले १८ हजार २६०, कुन्दन निरौलाले २२ हजार ४१०, अमित राईले ३८ हजार १४२, रिता परियारले १४ हजार ९४०, तिलजा देवानले १९ हजार ९२०, हरी बहादुर न्यौपानेले २४ हजार ९००, ह्रदय राजबंशीले २४ हजार ९००, अन्जु थापाले १४ हजार ९४० र कविता खनाल मिजारले १९ हजार ९२० रुपैयाँ पेट्रोल र डिजलबापत बढी रकम भुक्तानी लिएकाले असुल गर्नु पर्ने महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै