मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

५ जना मृतावस्थामा फेला

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२३ पौष २०८०, सोमबार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा । राजधानीसहित विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-९ आरूबारी बस्ने ४५ वर्षीय निमा शेर्पा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै  महाराजगंजस्थित सडक छेउमा अन्दाजी ४२ वर्षीय पुरूष पनि आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मकवानपुर, बागमती गाउँपालिका-४ झुरझुरे बस्ने ३५ वर्षीय गोपाल थिङ सोही ठाउँस्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।  उक्त खोलामा माछा मार्न भनि गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ कदुवा बस्ने ५५ वर्षीया ईन्दिरा कुमारी कार्की पनि सोही ठाउँस्थित कदुवा भञ्ज्याङ जङगलको भिर तल आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घाँस काट्न गएकी उनी लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । यस्तै चितवनको भरतपुर महानगरपालिका-२६ सिसवारस्थित नारायणी नदी किनारमा अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।      यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार