मुख्य समाचार
आज राष्ट्रिय धान दिवस | श्रमिक उडाएर पन्छिने दिन सकिए: म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने | १८ वर्षीया युवतीमाथि बिर्तामोडमा बलात्कारको आरोप, एक पक्राउ | तामझामका साथ २३औँ धान दिवस मनाइँदै, तर 'मानो रोपेर मुरी फलाउने' देश अझै आयातको भरमा | मेची राजमार्गमा ठाउँ–ठाउँमा पहिरो, यातायात अवरुद्ध | मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ |

८६ वर्षीया वृद्धाको उदाहरणीय काम
भत्ताको रकम आगलागी र क्यान्सर पीडितलाई प्रदान

देश प्रदेश डेस्क 5249+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

झापा बाह्रदशी–७ डाँगीवारी निवासी विजय राजवंशीको घर गतमाघ १४ गते आगलागीका कारण जलेर नष्ट भयो । टाटीबेराले बनेको टिनको घरसँगै ग्वाली समेत आगलागीमा परी जलेर नष्ट भयो । आगलागीका कारण अन्नपात, भाँडावर्तन, लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भए भने खोरमा बाँधिएका बाख्रा समेत जलेर मरे ।
चिसो मौसम, त्यसमाथि आगलागीका कारण घरबारविहीन बनेका राजवंशीलाई परेको विपत्ति देखेर चारपाने निवासी ८६ वर्षीया बृद्धाले सहयोगका हात अघि बढाउँदै आर्थिक सहयोग गरिन् । छोरा बलराम डाँगीको सहयोगमा डाँगीवारी पुगेकी ८६ वर्षीया इन्द्रमायाले राजवंशी परिवारलाई पाँच हजार एक सय नगद प्रदान गरेसँगै डाँगीवारीबासीले समेत तत्काल ६ हजार एक सय रुपैयाँ प्रदान गरे । गौरीशंकर माध्यमिक बिद्यालय डाँगीवारीमा अध्ययनरत् विपन्न परिवारका बिद्यार्थीका लागि न्यानो कपडा वितरण कार्यक्रम बाह्रदशी जेसीजले आयोजना गरेको थियो । सोही कार्यक्रमका लागि पुगेकी इन्द्रमायाले राजवंशीको समस्या थाहा पाए लगत्तै आफूसंग भएको नगद प्रदान गरेकी थिइन् ।
राजवंशी जस्तै समस्यामा रहेको अर्काे एक राजवंशी परिवारका लागि समेत उनले नगद ५ हजार एक सय रुपैयाँ प्रदान गरिन् । क्यान्सर रोगसंग लडिरहेकी डाँगीवारीकै सीता राजवंशीको उपचारका लागि उनले आर्थिक सहयोग गरेकी हुन् । बाह्रदशी जेसीजसंगको सहकार्यमा समाजसेवी बलराम डाँगीले गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना विपन्न विद्यार्थी र मानसिक सन्तुलन गुमाई सडकमा हिँड्ने तीन जना नागरिकका लागि न्यानो कपडा वितरण गरेका थिए । सो कार्यक्रमका लागि पुगेकी इन्द्रमायाले आगलागी पीडित र क्यान्सर पीडित परिवारलाई समेत सहयोगको खाँचो रहेको भन्दै सहयोग गरेसँगै डाँगीवारी वजारवासीको प्रतिनिधित्व गर्दै दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष टोम राजवंशीले विजय राजवंशीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका थिए ।
‘आफूले पाएको भत्ता वापतको रकम समेत सेवामा खर्चिएकी इन्द्रमाया आमाले हामीलाई पनि सेवामा लाग्न प्रेरित गर्नुभएको छ’– मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजवंशीले भने– अहिले हामीसँग भएको रकम तत्काल उपलब्ध गराएका हौं, आगामी दिनमा पनि उहाँहरुलाई सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछु ।
बाह्रदशी जेसीजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्रप्रसाद चम्लागाँईले स्थानीय सरकारको तर्फबाट पनि दुवै परिवारलाई आर्थिक सहयोग पु¥याउने प्रतिवद्धता जनाए । विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेर डाँगी परिवार र बाह्रदशी जेसीजले राम्रो काम गरेको भन्दै उनले प्रशंसा गरे । बाह्रदशी जेसीज सन् २०२४का अध्यक्ष खगेन्द्र सुवेदीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष चम्लागाँईको प्रमुख आतिथ्यमा तीनवटै कार्यक्रम एकैसाथ सम्पन्न भएको थियो ।पूर्वाञ्चलबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार