मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२४ श्रावण २०८३, आइतबार

पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका –९ निवासी ५० वर्षीया मिरादेबी गौतम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो ४ बजे कनकाई नगरपालिका–७ स्थित दुर्गापुर बजारमा दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र।१–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी पैदलयात्री गौतमलाई ठक्कर दिएको थियो ।

घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उनको उपचारको क्रममा दिउँसो ४ः५० बजे मृत्यु भएको थियो । यता मोटरसाइकल चालक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ३ का ३१ वर्षीय गोपाल रम्तेल सामान्य घाइते भएका छन् । अनुहारमा चोट लागेका रम्तेललाई सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार