मुख्य समाचार
डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु |

जङ्गली च्याउ खाँदा बालकको मृत्यु , आमासहित दुई बालबालिका गम्भीर

देश प्रदेश डेस्क 5372+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

 जङ्गली च्याउ खाँदा रुकुमपूर्वमा एक बालकको ज्यान गएको छ भने तीन जना गम्भीर बिरामी भएका छन् ।

भूमे गाउँपालिका–५ सेराबाङका ३ वर्षीय योजन सुनारको उपचारको क्रममा मृत्यु भएको भएको हो ।

जंगली च्याउ खाएका उनकी आमा ३५ वर्षीया राजकुमारी सुनार, ९ वर्षीया छोरी आयुषा सुनार र ६ वर्षीया भाग्यरेखा सुनार गम्भीर बिरामी परेका प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार साँझ जंगलबाट ल्याएर पकाएको च्याउ खाएपछि परिवारका सबै सदस्यमा ज्वरो, वान्ता, टाउको दुख्ने लगायतका लक्षण देखिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनीहरूलाई सोमबार बिहान रुकुमपूर्व अस्पताल लगिएको थियो ।

अवस्था चिन्ताजनक देखेपछि अस्पतालले योजन, भाग्यरेखा र आमालाई थप उपचारका लागि सल्यान रेफर गरेको थियो । तर, जिल्ला अस्पताल सल्यानमा उपचारकै क्रममा मंगलबार दिउँसो ३ बजे योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

डीएसपी यादवका अनुसार भाग्यरेखाको अवस्था निकै गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको डीएसपी यादवले बताए । प्रहरीका अनुसार जंगल च्याउ खाएर बिरामी परेकी आयुषालाई भने थप उपचारका लागि रुकुम पश्चिम पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार