मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

झापा / सरकारले सुरु गरेको 'करदाता प्रोत्साहन उपहार योजना' अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच गोलाप्रथामार्फत भाग्यशाली विजेताहरूको छनोट गरिएको थियो। 

सार्वजनिक नतिजा अनुसार शिव कृष्ण जनरल स्टोरबाट मात्र २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्न सफल भएका छन्। विभागका अनुसार १० लाख रुपैयाँ जित्ने ती भाग्यशाली विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। 
अन्य १५ जनाले जिते जनही १ लाख
बम्पर उपहारबाहेक साउन १ देखि १५ गतेसम्मको अवधिमा वस्तु तथा सेवा खरिद गर्ने अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले नगद पुरस्कार जितेका छन्। विजेताहरूको व्यक्तिगत गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै विभागले उनीहरूको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरेको कुरा स्पष्ट पारेको थियो। 
कसरी भयो विजेताको छनोट ?
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले विजेताहरूको छनोट 'क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्‍यान्डम स्याम्पलिङ' प्रविधि (कम्प्युटर प्रणाली) बाट गरिएको जानकारी दिएका थिए। यस प्रणालीमा कुनै मानवीय हस्तक्षेप नहुने भएकाले नतिजा पूर्ण रूपमा पारदर्शी रहेको उनले दाबी गरेका थिए। 
साउनको पहिलो १५ दिनमा उपभोक्ताहरूले गरेका ७ हजार ७७ वटा नगद कारोबार प्रणालीमा दर्ता भएका थिए, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी, डिजिटल वालेट वा बैंकको क्यूआरमार्फत भएका २ करोड ५६ लाखभन्दा बढी अनलाइन कारोबारहरू यस योजनामा स्वतः समावेश भएका थिए। 
योजनाको उद्देश्य र पुरस्कार दाबी गर्ने प्रक्रिया
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उपभोक्ताहरूमा सामान किन्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउन र कर प्रणालीलाई थप पारदर्शी बनाउन यो कार्यक्रम घोषणा गरेका थिए।
कार्यविधि अनुसार अब प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन यसै गरी नियमित रूपमा उपहार विजेताहरूको घोषणा गरिनेछ। पुरस्कार विजेता उपभोक्ताहरूले नतिजा सार्वजनिक भएको १५ दिनभित्र आफ्नो सक्कली बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा गई पुरस्कार रकम दाबी गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार