मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२ आषाढ २०८३, मङ्गलबार

 झापा / दुई दिन नबित्दै नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

नेपाल– भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले नेपालबाट अवैध रूपमा भारततर्फ प्रवेश गर्न लागेका एकजना संदिग्ध बङ्गलादेशी नागरिकलाई पक्राउ गरेका हुन्। ४१ औँ बटालियन एसएसबीको बोर्डर इन्टेलिजेन्स टिम (बिआइटी) ले पानीट्यांकीको पुरानो मेची पुलमा नियमित चेकजाँचका क्रममा ती बंगलादेशी पक्राउ परेको जनाइएको छ ।

पक्राउ पर्नेमा बङ्गलादेशको मदारीपुर जिल्लाको उमेदपुर गाउँका ३८ वर्षीय नन्दन दास रहेका छन् । उनको साथबाट बङ्गलादेशको पासपोर्ट, बङ्गलादेशबाट नेपाल जाने हवाई टिकट, दुई बङ्गलादेशी र एक नेपाली सिम कार्ड भएको मोबाइल फोन र भारतीय मुद्रा २ हजार ५८० रुपैयाँ बरामद भएको छ ।

सोधपुछका क्रममा बताए अनुसार उनलाई फेब्रुअरी २०२६ मा एक एजेन्टले सर्बियामा रोजगारी दिलाउने प्रलोभन दिएका थिए । उनी ती एजेन्टलाई तीनदेखि पाँच लाख रुपैयाँ दिएर नेपाल आइपुगे। तर नेपाल आइपुगेपछि एजेन्ट सम्पर्क गुमाएर फरार भए ।

धोखाधडीको शिकार भएपछि उनले नेपालको पोखरामा मजदुरको रूपमा काम गरेर आफ्नो जीविकोपार्जन गर्न थाले। त्यहाँ करिब दुई महिना काम गरेपछि उनले भारत हुँदै आफ्नो देश बङ्गलादेश फर्कने निर्णय गरे। यस क्रममा उनी नेपालबाट भारत प्रवेश गर्न खोज्दै थिए ।

दुई दिन अघि पनि एकजना बंगलादेशी पूर्वी सीमामा पक्राउ परेका थिए ।  जेठ ३० गते दिउँसो १२ः४५ बजे मेचीनगर ६ गैरीगाउँमा भारत पानीट्यांकीबाट मेची खोलाको बाटो हुँदै नेपालतर्फ अनाधिकृत रुपमा प्रवेश गर्दै गरेको अबस्थामा बंगलादेशी नागरिक पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार