मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१ आषाढ २०८३, सोमबार

झापा / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ १५ करोड र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट चालू आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो।  

बजेटमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारले कृषिको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ।  त्यस्तै, शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई समृद्धिको आधारका रूपमा अघि सार्दै 'कोशी प्रदेश भ्रमण वर्ष २०८३–२०८५' लाई बजेटको प्राथमिक कार्यक्रममा समावेश गरेको छ।  

उल्लेखनीय छ कि प्रदेश स्थापनाको वर्ष २०७४/७५ मा कोशी प्रदेशको बजेट मात्र १ अर्ब २ करोड रहेको थियो। त्यसपछिका वर्षहरूमा बजेटको आकार क्रमशः वृद्धि हुँदै यस वर्ष ४० अर्बभन्दा माथि पुगेको हो।  

प्रदेश सरकारले भौतिक पूर्वाधार, स्थानीय सडक, खानेपानी, सिँचाई, ऊर्जा, शिक्षा, वन तथा वातावरण, कानून एवं शान्ति, र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा लगानी बढाउने योजना सार्वजनिक गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार