मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

आज कोजाग्रत पूर्णिमा, विजया दशमीकाे विदाइ

Desh Pradesh News 1+ समाचार ( )
२० अशोज २०८२, सोमबार

झापा/ आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।

आजको दिनको अर्को महत्त्व छ, आजको दिन धनधान्य कि देवी भगवान् लक्ष्मी राती पृथ्वी लोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जस जसले राती नसुतेर भगवान् लक्ष्मी माताको भजन भक्ति गरेर बसेका छन् उनीहरूलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।

अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको सुरुवाती सङ्केतका रूपमा पनि लिइन्छ । बिहानै सम्पूर्ण परिवारका सदस्यहरू भेला भएर भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर अनि जमराहरूलाई सेलाउने चलन छ ।

कोजाग्रत पूर्णिमा पछि सुरिलो बाँसलाई काटेर त्यस्तो टुप्पामा रङ्गिन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ती बाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लंदै गरेको चन्द्रमा अनि बाँसको टुप्पामा बलेको आकाशे बत्ती एकदमै आकर्षक दृश्य हुने गर्दछ ।

तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एक प्रकारको जूवा जस्तै हो, साना साना कौडाहरूलाई हातले खालमा फालेर त्यस कौडाहरूको उल्टाई र फर्काई को सम्भाव्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, आजका दिन तराइका अधिकांश गाँउहरुमा ठुलो स्वरले मार्रा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसै वर्ष विवाह भएका नवदम्पतीहरूलाई भनें बेहुलाको घरमा बेहुलीका तर्फबाट व्यञ्जनहरू पठाउने चलन छ, यस्ता व्यञ्जनहरूमा मिठाई, भोजन, दही लगायतका परिकारहरू अनि बेहुली गाउँमा बनाएको पान पनि पठाइन्छ ।

यी व्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्ष रुपमा बेहुली पक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरू लग्दा गम्छामा राखेको दही लैजाने चलन भएको बुढापाकाहरू बताउँछन् । दूधलाई धेरै समय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति बाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे ! यसरी दिदी बहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाइ अर्थात् साला, जेठान र भिनाजु, ज्वाँई बिचमा कौडा खेल्ने चलन पनि छ ।

पूर्णिमा व्रतको महत्व

वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ ।

यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार