मुख्य समाचार
मेची राजमार्गमा ठाउँ–ठाउँमा पहिरो, यातायात अवरुद्ध | मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित |

निजामती कर्मचारी संगठन झापाको अध्यक्षमा न्यौपाने

देश प्रदेश डेस्क 5247+ समाचार ( )
१२ माघ २०८१, शनिबार

झापा आगामी तीनवर्षे कार्यकालका लागि नेपाल निजामती कर्मचारी संगठन झापाको अध्यक्ष पदमा हिरण्य न्यौपाने चयन भएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन झापाको  शनिबार सम्पन्न १२ औँ जिल्ला अधिवेशनले न्याैपाने  अध्यक्ष रहनेगरी कार्य समिति चयन गरेकाे हाे ।
अध्यक्षलगायत सबै पद सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक देवराज कार्कीले जानकारी दिए । उनका अनुसार खुला उपाध्यक्षमा चिरन खतिवडा र महिला उपाध्यक्षमा चन्द्रा पोखरेल, सचिवमा पूर्णचन्द्र मैनाली, सहसचिवमा चिरञ्जीवी खवास र कोषाध्यक्षमा मनोज भट्टराई चयन भएका छन् भने खुला सदस्यमा हेमचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, हिमाल सुवेदी, मनिषा कोइराला, कुवेरप्रसाद न्यौपाने, नर्वदा तिम्सिना, गणेशदत्त तिमल्सेना, यामकुमार कुरुम्बाङ, सागर दाहाल र हेमचन्द्र लामिछाने शर्मा, महिला सदस्यमा मञ्जु भट्टराई र दुर्गा अधिकारी तथा मधेसी सदस्यमा दिवाकर सुनरैव चयन भएका छन् ।
यसैगरी, लेखा आयोग संयोजकमा सुवास वि.क. र सदस्यमा रविन्द्र अधिकारी र अरुणा भट्टराई चयन भएका छन् भने कोशी प्रदेश प्रतिनिधिमा मोहनप्रसाद ढकाल, शत्रुघनप्रसाद चौधरी, टंकनाथ दुलाल, सीता भण्डारी, मन्दिरा श्रेष्ठ, कृष्णप्रसाद सुवेदी, प्रकाश योङहाङ, जटाशंकर झा र खीना तिम्सिना सर्वसम्मत चयन भएको निर्वाचन संयोजक कार्कीले जानकारी दिए ।
भद्रपुर १० चन्द्रगढीस्थित संगठनको आफनै भवनको सभाहलमा प्रमुख अतिथि नेकपा (एमाले)–झापाका अध्यक्ष प्रेम गिरीले अधिवेशन उद्घाटन गरेका थिए ।
संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षता एवम् सचिव कृष्ण सुवेदीले सञ्चालन गरेको अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले राजनीति र कर्मचारीतन्त्रबीच नङ र मासुको जस्तो सम्बन्ध रहने हुँदा दुबै संयन्त्रबीचको सहकार्य र समन्वयबाट मात्र सुखी नेपाली, समृद्ध नेपालको अभिभारा पूरा हुने बताए । उनले प्रक्रिया पूरा गरेर आएका सेवाग्राहीको काम छिटो र छरितो ढंगले सम्पादन गरिदिन पनि कर्मचारीहरुलाई आग्रह गरे ।
उपाध्यक्ष हिरन्य न्यौपानेले स्वागत गरेको  कार्यक्रममा  अध्यक्ष पोखरेलले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा भएका कार्यप्रगतिका बारे जानकारी दिनुका साथै आागमी कार्ययोजना पनि प्रस्तुत गरेका थिए ।
सोही अवसरमा संगठनले संगठनका कोशी प्रदेश इञ्चार्ज एवम् संगठन झापाका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार