मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

झापामा तीन वर्ष भित्रमा ९९९ जनाले गरे आत्महत्या

देश प्रदेश डेस्क 5339+ समाचार ( )
साङ्केतिक तस्विर
२४ भाद्र २०८०, आइतबार

झापा तीन वर्ष भित्रमा झापामा आत्महत्या गर्नेकाे सङ्ख्या ९९९ पुगेकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार २०७७ साउन देखि २०८० भदाै २४ गते सम्मकाे डाटामा उक्त सङ्ख्या देखाएकाे हाे ।

जस अनुसार २०७७/०७८ मा पुरूष ३०१ जना र महिला ३३ जना रहेका छन् । त्यसैगरि ०७८/०७९ मा २२२ पुरुष र महिला ९२ जना छन् भने ०७९/०८० मा पुरुष  १८८ र महिला १२९ जना रहेका छन् ।

२०८० साउन देखि भदाै २४ गते सम्ममा पुरुष २५ जना रहेका छन् भने महिला ९ जना रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

जस अनुसार ०७७/०७८ मा झुण्डिएर आत्महत्या गर्ने पुरुष २८८, विष सेवनबाट ९, हातहतियार प्रयाेग गरेर २ र धारिलाे हतियारले घाँटी रेटेर २ जना रहेका छन् भने २५ जना महिला झुण्डिएर र ८ जना विष सेवन गरेर आतमहत्या गरेका छन् ।

०७८/०७९ मा झुण्डिएर आत्महत्या गर्ने पुरुष २०८, विष सेवनबाट १३ र हातहतियार प्रयाेग गरेर १ जना रहेका छन् भने ८३ जना महिला झुण्डिएर र ९ जना विष सेवन गरेर आतमहत्या गरेका छन् ।

०७९/०८० मा झुण्डिएर आत्महत्या गर्ने पुरुष १६४, विष सेवनबाट २१, आगाे लगाएर १, हातहतियार प्रयाेग गरेर १ र गाेली हानेर १ जना रहेका छन् भने १२० जना महिला झुण्डिएर र ९ जना विष सेवन गरेर आतमहत्या गरेका छन् ।

०८० साउन १ गते देखि भदाै २४ सम्म झुण्डिएर आत्महत्या गर्ने पुरुष २३ र विष सेवनबाट २ जना छन् भने ८ जना महिलाले झुण्डिएर र १ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेकाे उमेर अनुसार २०७७ साउन देखि २०८० भदाै २४ सम्ममा १६ वर्ष मुनिका ६५ जना, १६ देखि २५ वर्षका २४१ जना, २६ देखि ३५ वर्षका १९९ जना, ३६ देखि ४५ वर्षका १७२ जना, ४६ देखि ६० वर्षका १९० जना र ६० वर्ष भन्दा माथिका १३२ जना रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार