मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

वेतना क्लबलाई ५–० ले हराउँदै न्यू स्टारले गर्यो शानदार जीत

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

झापा / स्वर्गीय आलोक भण्डारी तथा सन्जीव गिरी स्मृति प्रतियोगिता अन्तर्गत चन्द्रगढी युवा क्लबको आयोजनामा आज दिउँसो २ बजे मेची रंगशाला, भद्रपुरमा भएको खेलमा न्यू स्टार क्लबले वेतना युनाइटेड क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै शानदार जीत दर्ता गरेको छ।

खेलको सुरुदेखिनै आक्रामक र प्रभावशाली खेल प्रस्तुत गरेको न्यू स्टारका खेलाडीहरूले प्रतिस्पर्धीलाई कुनै मौका दिएनन्। रिचार्ड विल्सन खेलका स्टार बने, जसले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे।
विजय राईले एक गोल थप्दै अग्रता बढाए।

पाँचौँ गोल भने वेतना युनाइटेडका राजु मगरको दुर्भाग्यपूर्ण ओन गोलबाट आएको थियो, जसले खेललाई झनै एकतर्फी बनायो।

वेतना युनाइटेड क्लबले खेलभर दबाब सहनुपर्ने अवस्था रह्यो र प्रभावकारी अवसरहरू सिर्जना गर्न असफल रह्यो।
न्यू स्टारको सन्तुलित रणनीति, बलियो रक्षापंक्ति र तीव्र आक्रमणले उनीहरूलाई लगातार समस्यामा पारे।

यस जितसँगै न्यू स्टार क्लबले स्मृति प्रतियोगितामा आफ्नो दाबेदारी मजबुत बनाउँदै आगामी चरणका लागि आत्मविश्वास उच्च बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार