मुख्य समाचार
कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन |

झापामा बैंकिङ कसूरका प्रतिवादी धमाधम पक्राउ पर्दै

देश प्रदेश डेस्क 5406+ समाचार ( )
३ पौष २०८२, बिहीबार

 झापामा बैंकिङ कसूरका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । 

केही दिनदेखि प्रहरीले लगातार बैंकिङ कसूरका प्रतिवादीहरुलाई पक्राउ गर्दै आएको हो । हिजो चेक अनादर मुद्दाका फरार प्रतिवादी बिर्तामोड ४ पारिजात टोल बस्ने ४५वर्षीया सुनिता राय पक्राउ परेकी छन् । २ बर्ष कैद तोकिएकी रायलाई बिहान ८ बजे उनकै घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

त्यसको अघिल्लो दिन बैङ्किङ कसुरमा बिर्तामोड २ चारपानेकी एक महिला पक्राउ परेकी थिइन् ।
पक्राउ पर्नेमा बिर्तामोड २ चारपाने बस्ने ४२ वर्षीया प्रिती थापा रहेकी छन् । साँझ बिर्तामोड ५बीएण्डसी अस्पतालनजिकै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बाटोमा हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको पत्र आदेशले बैङ्किङ कसुर सम्बन्धी चालु मुद्दाका प्रतिवादी थापालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।

सोही दिन बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी कचनकवल –३ बस्ने ४१वर्षीय ह्रदयनारायण राजवंशी पक्राउ परेका थिए । जिल्ला अदालतमा उपस्थित गराई जरिवानाबापतको रकम तिरेर उनी छुटेका छन् ।

त्यसको अघिल्लो दिन बिर्तामोड वडा न. ५ बस्ने ५८ वर्षीय उत्तमकुमार श्रेष्ठ पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापामा मंसिर महिनामा आर्थिक अपराधका १७ वटा मुद्धा दर्ता भएका छन् । त्यसमा सबैभन्दा बढी बैंकिङ कसुरका रहेका छन् । ठगी २ , बैंकिङ कसुरका १७ र अनुचित लाभका एउटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंसिर महिनामा बैंकिङ कसुरका १५ वटा पेन्डिङ मुद्धाको सफल अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार