झापामा २५ हजार घुस माग्ने सशस्त्र प्रहरी माथि छानविन गरिने

देश प्रदेश डेस्क 5102+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

झापा / शुष्मा काष्ठ उद्योग बिर्तामोडका संचालक राजु राजवंशी( सन्तोष)संग २५ हजार घुस माग्ने सशस्त्र प्रहरीमाथि छानविन गरिने भएको छ ।

व्यवसायी राजवंशीसंग भएको घटनाबारे प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ध्यानाकर्षण गराएपछि  त्यस विषयमा छानविन गरिने बताएका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी र डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठलाई  सो घटनाका बारेमा सत्य तथ्य के हाे बुझेर छानविन गरिने उनले बताए । सुरक्षा अधिकारीहरुले व्यवसायीलाई हतोत्साही गर्न निमिल्ने बताउँदै घटनाको वास्तविकता अध्ययन गर्ने जानकारी दिए । प्रहरी नायव उपरीक्षक सुमन पोखरेल र टिमाई चेक पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठले अनावश्यक रुपमा दुःख दिएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको थियाे । झापाका फर्निचर व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र बिर्तामोडका व्यवसायीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

व्यवसायी राजवंशीका अनुसार बिर्तामोड–४ स्थित शुष्मा काष्ठ उद्योगले बुद्धशान्ति गाउँपालिका ६ स्थित नारायणप्रसाद भट्टराईको नाममा रहेको कित्ता नम्बर २९५ र बुद्धशान्ति ५ स्थित कित्ता नम्बर ६८६९ मा रहेको निजी वनबाट उत्पादित सेतो सिरिस, खमारी सिमललगायत प्रजातिका काठ खरिद गरेको थियो । 

निजी वन विकास निर्देशिका, २०६८ को दफा २१ (च) सँग सम्बन्धित निजी वनबाट उत्पादित काठ÷दाउरा वा अन्य वन पैदावारको तेरिज अनुसार नै वडा कार्यालयको सिफारिस लिएर सवडिभिजन वन कार्यालय धाइजनको कटान आदेशको सिफारिस लिएर वनको रोहवरमा रुख सङ्ख्याको नम्वरिङ गरी नम्बरी आबादीमा रहेका रुख कटान गरिएको थियो । जसका लागि मेची सब डिभिजन वन कार्यालय धाइजनको च.न. १७६९ (२०८२/१/१५) र च.न. १२६० (२०८१/११/०२) कटान इजाजत पत्रअनुसार रुख कटान गर्दै पुनः वनको रोहवरमा नापजाँच प्रदेश सेवा शुल्क र राज्यलाई कर तिरिएको छ । 

शुष्मा काष्ठ उद्योगकाले साउन १६ गते जिल्ला डिभिजन वन कार्यालय झापाले मिलसम्म स्थानान्तरण इजाजत पत्र दिएपछि काटिएको काठ वनको रोहवरमा पुन थान गन्ती गरी दरपिट गरिसकिएको जम्मा ७९ थान गोलिया काठ मिल लैजाने क्रममा प्र.१–०१– ००१ च ८३३५ र प्र.१–०१–००१ च ८२२१ नम्बरका दुई वटा बोलेरो पिकअपमा लैजाने क्रममा टिमाई चेक पोस्टका सशस्त्रका सई केदार श्रेष्ठले दुःख दिने मनसायले दुवै गाडी रोकी गाडीका चालक बिर्तामोड- ३ निवासी रविन राजवंशी र बिर्तामोड- १ निवासी रत्नबहादुर बस्नेतसँग २५ हजार रुपैयाँ घुस माग गरेको र कागजात दुरुस्त छ तपाईँलाई के को पैसा दिनु पर्‍यो भनी प्रश्न गर्दा अपराह्न ४ बजेदेखि विना कारण रोकिएका गाडी राति ९ बजेसम्म त्यही राखेको उद्योगका सञ्चालक राजवंशीले बताए ।

त्यसपछि सई केदार श्रेष्ठले फोन गरी सुरुमा केही रकम मिलाई दिनु पर्‍यो भन्दै मलाई फोन गर्नु भएको भन्दै उनले भने, ‘कागजात दुरुस्त भएको सवारीको को के पैसा दिनु पर्ने भनेपछि भीसीटीएस कागजात नभएकोले २५ हजार रुपैयाँ नदिएमा काठ सहितको गाडी जिल्ला पठाउने भन्दै पटक-पटक धम्की दिनुभयो ।’

‘मैले असई श्रेष्ठलाई पैसा नदिएकै कारण सोही दिन राति मेरा दुई जना चालक सहित सवारी र काठ सशस्त्र प्रहरीको गण भद्रपुर पुर्‍याएर दुवै चालकलाई थुनेर राखियो,’ उनले भने । कागजात पुरा नभएको खण्डमा काठसहितको गाडी डिभिजन वन कार्यालय झापा बुझाउनु पर्नेमा नियोजित रुपमा सशस्त्रले दुवै चालकलाई छाडेर भीसीटीएस कागजात नभएको कारण देखाउँदै आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएर अनावश्यक रुपमा दुःख दिएको उनको भनाई छ । 

काठको परिमाण धेरै भए डिभिजन वन कार्यालय झापाले तत्कालै मलाई कारबाही गर्ने थियो । काठको परिमाण दुरुस्त र काठ ढुवानी प्रक्रियाका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात रहेकाले डिभिजन वन कार्यालय झापाले सशस्त्रले गाडी बुझाउँदा समेत नलिएपछि राजश्व कार्यालय इटहरी पठाइएको थियो ।

यस समाचारका लागि थप बुझ्न सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पाेखरेलले भने, " विलकाे परिणाम भन्दा काठकाे गाेलिया बढी रहेकाे गाेप्य सूचनाका आधारमा हामीले पक्राउ गरि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाएकाे हाे । त्याहाँबाट ७५ हजार कर तिरेर यस कार्यलयमा एक प्रति बुझेपछि उहाँहरूले माल ल्याइसक्नु भकाे छ । यदि गाेलिया सहिसलामत भएकाे भए किन कर तिर्नु भयाे, याे बद्नाम गर्ने नियत मात्रै हाे" ।

प्रतिक्रिया

सम्बन्धित समाचार