मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

झापामा पूर्वराजा, शनिबार राजावादीको शक्ति प्रदर्शन

देश प्रदेश डेस्क 5496+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा आइ पुगेका छन् ।  शनिबार झापामा तय भएको  बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुनेछन् । यो क्रममा राजावादीहरुले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरु जुटेका छन् । कार्यक्रममा सहभागी हुन पूर्वराजा बुद्ध एयरको जहाजमार्फत त्यहाँ पुगेका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र प्रसद लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेका  प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गरे । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागीताा रहने दाबी गरिएको छ । शालिक अनावरण भएपनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको राप्रपाको भनाइ छ । भोलि ८ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ । यसैबीच राप्रपाका प्रवक्ता श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकारको उपभोग गर्दै काठमाडौँमा आयोजित शान्तिपूर्ण प्रदर्शप्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दुःखद, आपत्तिजनक र विडम्बनापूर्ण रहेको उनको विज्ञप्तिमा उल्लेख छ । आन्दाेलनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन र धरपकडको निन्दा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार