मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

भवन निर्माणमा अनियमितता गर्ने पाँच जनाविरुद्ध मुद्दा दायर

देश प्रदेश डेस्क 5495+ समाचार ( )
७ अशोज २०८०, आइतबार

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा अनियमितता गर्ने पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।  

अख्तियारका अनुसार सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका वडा नं. ८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा अनियमितता भएको पाइएको छ । यस  कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीलगायत संलग्न रहेका छन् । 

उनीहरुले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको पाइएको छ । निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ भुक्तानी दिएर सरकारी रकम हानिनोक्सानी गरेको उनीहरुविरुद्द आरोप रहेको छ । मरासेनी र चौधरीलाई ६ लाख ५८ हजार ४ सय चालीस रुपैयाँ बिगो कायम गरिएको छ । 

त्यस्तै, जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको पाइएको छ । नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी, भुक्तानीको लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ भुक्तानीसमेत लिएको अख्तियारको भनाई छ । उनीहरुसंग पनि सोहि बराबर बिगो माग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार