मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

एघार करोड खर्चेर चैनपुरमा खानेपानी

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२३ पौष २०८०, सोमबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा  ११ करोड ११ लाख खर्चेर सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना निर्माण गरिएको छ । उक्त आयोजनाबाट एक सय १८ परिवार लाभान्वित भएका छन् ।

गत असारमा आएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो । मर्मतपछि आयोजना पुनःसञ्चालनमा आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएको थियो ।

मुहान बथाएपछि यहाँका तीन सय १८ परिवार पानीको समस्या भोग्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थल पुनः निर्माण गरेको हो । आयोजनाका अध्यक्ष उद्धवराज त्रितालका अनुसार अहिले स्थानीयको घरमा पाइप जडान गरिएको छ ।

“केही दिनभित्र सबैको घरमा खानेपानी उपलब्ध हुन्छ”,उनले भने । बाढीले आयोजनामा क्षति पुगेपछि स्थानीयले खानेपानीका लागि सास्ती बेहोर्दैआएका थिए । झण्डै पाँच महिनापछि यहाँका बासिन्दाले खानेपानीको सुविधा उपभोग गर्न पाएका हुन् ।

आयोजनाको काम सम्पन्न भइसकेको छ, चाँडै उपभोक्ता समितिलाई हस्तान्तरण गर्छौँ”, डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले भने । आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार