मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

बिर्तामोड–भद्रपुर सडक खण्डमा सभामुखकाे चासाे

देश प्रदेश डेस्क 5373+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

झापा सभामुख देवराज घिमिरेले सडक अवरोध गरेर आन्दोलन गर्दा जनताले मात्रै दुःख पाउने बताए ।  बिर्तामोड–भद्रपुर सडक खण्ड वरपरका बासिन्दाले सडक अवरुद्ध पारेर गरेको आन्दोलनप्रति लक्षित गर्दै सभामुख घिमिरेले यस्तो टिप्पणी गरे ।

सहिद नेत्र पार्कमा आज साँझ सरोकारवालासँग छलफल गर्दै सभामुख घिमिरेले ठेकेदारले भुक्तानी नपाएका कारण सडक निर्माणले गति लिन नसकेको विषयमा मलाई पूर्ण जानकारी भएकाे बताए । ढिलो छिटो भुक्तानी हुन्छ, काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ उनले भने । सरकारी ढिकुटीमा पर्याप्त पैसा हुञ्जेल ठेकेदारले काम नगरेको जनाउँदै सभामुख घिमिरेले फेरि म्याद थप्ने बेला भएको बताए ।

बिर्तामोड भद्रपुर सडकखण्ड निर्माण गरिरहेको ठेकेदार कम्पनीले पहिलेको एक करोड २० लाख र अहिलेको ४ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । भुक्तानी नपाएको भन्दै सडक निर्माणको काम अघि नबढाएपछि स्थानीय क्षेत्रका बासिन्दा नियमित धुलोका कारण आजित बनेका छन् ।

पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सरोकारवालाले चासो नदिएको जनाउँदै उनीहरूले तीन दिन अघि सडक अवरुद्ध गरेका थिए ।

वडाध्यक्ष अविरल कृष्ण खरेलले सभामुखमार्फत निर्माणाधीन सडकका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । स्थानीयको तर्फबाट खरेलले बजेटको व्यवस्थापन मिलाइदिन सभामुखलाई आग्रह पनि गरे ।

छलफलमा सभामुख घिमिरेले सौर्य ऊर्जामा आधारित विद्युतीय तारबारको संरक्षण गर्न सके हात्ती नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै यसलाई विस्तार गर्ने सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

वडाध्यक्ष खरेलले नेत्र पार्कको विकासका लागि कतैबाट बजेट उपलब्ध नभएको जनाउँदै सभामुखको ध्यानाकर्षण गराए । नेत्रपार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने स्थानीयको योजना सुनाउँदै वडाध्यक्ष खरेलले प्रवेशद्वारमा रहेको काठे पुल विस्थापित गरी नयाँ पुल बनाउने वातावरण मिलाउन समेत आग्रह गरिएको बताए ।

छलफलमा प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार