मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

मेचीनगर लेडी जेसीजको सचिवालयमा झण्डोत्तोलन

देश प्रदेश डेस्क 5491+ समाचार ( )
२० माघ २०८०, शनिबार

झापा । मेचीनगर लेडी जेसीजको सचिवालयमा आज एक कार्यक्रमकाबिच झण्डोत्तोलन गरिएको छ । मेचीनगर १० धुलाबारीमा रहेको मेचीनगर लेडी जेसीजको सचिवालयमा आयोजित लेडी जेसीजको बर्ष २०२४ को पहिलो कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गर्नु भएको थियो ।

लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खनाल, बिशिष्ट अतिथि धुलाबारी जेसीज पुर्व अध्यक्ष तेजप्रसाद चौलागाई, रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, मेचीनगर लेडी जेसीजका पुर्व अध्यक्ष टिका सुवेदी, धुलाबारी जुनियर जेसीजका अध्यक्ष बिष्णु चिमरिया लगायतले  शुभकामना मन्तव्य व्यक्त गर्दै समाजका विभिन्न क्षेत्रलाई समेटेर लेडी जेसीजका कार्यक्रमहरु आगाडी बढाउन सुझाव दिनु भएको थियो ।

कार्यक्रम संयोजक लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष सकुन्तला खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा लेडी जेसीजका पुर्व अध्यक्षहरु शुशिला खतिवडा र उषा श्रेष्ठ, संस्थापक सल्लाहाकार लक्ष्मी राई सहित मेचीनगर लेडी जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । उपाध्यक्ष सुनिता कोईरालाले जेसीज आस्था पाठ गर्नु भएको कार्यक्रम महासचिव रेजिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार