मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

महामन्त्री ढकाललाई रास्वपाले गर्याे निलम्बन

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२० आषाढ २०८१, बिहीबार

झापा  । अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै केही दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको छ । ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्तासमेत तोकिएको छ ।

ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिनेसमेत जनाइएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘निजले(महामन्त्री ढकाल) गर्नुभएको अनुशासनविपरीतका गतिविधिका सम्बन्धमा प्रतिवेदनसहित यथोचित कारबाहीको सिफारिस केन्द्रीय समितिमा पेस गर्ने निर्देशन केन्द्रीय अनुशासन आयोगलाई दिनेसमेत निर्णय गरियो ।’ केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ ।

महामन्त्री ढकालले भने बैठकका छलफल पारदर्शी हुनुपर्ने बताउँदै प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग उठाएका थिए । उनले विरोधस्वरूप बुधबारको बैठकमा मुखमा कालो टेप टाँसेकासमेत थिए । बैठकमा आफ्नो स्पष्टीकरणसहित प्रस्तावहरू राख्न नदिइएपछि सञ्चारमाध्यममार्फत उनले सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार