मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

झापाबाट एकैदिन ६ जना बेपत्ता

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

झापाबाट वेपत्ता हुनेहरुको संख्या बढ्दै गएको छ । हिजो एकैदिन ६ जना हराएको प्रहरीलाई निवेदन परेको हो । हिजो बिहान ८ बजे बैदेशिक रोजगारमा रहेका कन्काई वडा न.४ नवज्योती टोल बस्ने बबिन खड्काकी श्रीमती वर्ष २० की पुनम खड्काले कोही कसैलाई केही जानकारी नगराई साथमा ३ वर्ष छोरा सत्यम खड्कालाई लिई घरबाट गएकोमा गाउँघर, छरछिमेक, आफन्त, नातागोता समेतमा खोजतलास गर्दा हालसम्म फेला परेकी छैनन् ।

त्यस्तै बुद्धशान्ति वडा नं. ३ बुधबारे बस्ने उमेशजंग राईका छोरा बर्ष १७ का उज्वल राई असोज ७ गतेदेखि वेपत्ता छन् । सो दिन बिहान ६ः३० बजे घरमा कोही कसैलाई जानकारी नगराई हिडेकोमा हालसम्म सम्पर्कमा नआई बेपत्ता नै रहेका छन् ।

त्यस्तै हिजो बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा नं.– १५ बस्ने सोम मुर्मुकी छोरी मानसिक सन्तुलन ठिक नभएकी बर्ष २० की अन्जु मुर्मु घरबाट इटाभट्टा हुँदै उर्लाबारी जान्छु भनी हिडेकोमा हालसम्म घर फर्किएकी छैनन् ।

त्यस्तै शिवसताक्षी वडा नं. ३ पाराबारी बस्ने सुफल मर्डीकी श्रीमती बर्ष–३० की जिना मर्डी असोज ४ गतेदेखि वेपत्ता भएकी छन् । आफ्नै घरबाट कोही कसैलाई केही नभनी निस्केर गएकोमा हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

त्यस्तै हिजो दिउँसो ४ः३० बजे कन्काई वडा न.५ तुलसीबारी बस्ने कासिना श्रेष्ठको घरमा सानैदेखि बस्दै आएका बर्ष १४ का सुजन हेमरम (सुस्त मनस्थित भएका) कोही कसैलाई केही जानकारी नगराईकन घरबाट हिडेकोमा हालसम्म फर्किएका छैनन् । हुलियासहित निवेदन परेपछि वेपत्ता हुनेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार