मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

काठमाडौं । ‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ ।

भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्य आधारमध्येको अन्तःशुल्क सङ्कलनमा धक्का पुगेको अर्थ मन्त्रालयको प्रारम्भिक ठहर छ । चुरोटको उत्पादनमा लगाइने अन्तःशुल्क राजस्वको बलियो आधार पनि हो ।

चुरोटको प्रयोग घटेपछि मन्त्रालयले केही उद्योगमा गरेको अनुगमनले समग्र उत्पादन नै घटेको पाइएको प्रवक्ता धनीराम शर्माले जानकारी दिए । “अहिले इलेक्ट्रोनिक ‘भेप’ को प्रयोग बढ्दा त्यसले चुरोटको उपभोग घटेको हो कि भन्ने अनुमान छ,” उनले भने, “यसबारे थप अध्ययनको जरुरी देखिएको छ ।”

चुरोटपछि बियरको प्रयोग पनि घटेकाले त्यसको प्रत्यक्ष असर अन्तःशुल्कमा परेको मन्त्रालयको अनुमान छ । सेवा क्षेत्र अपेक्षा अनुसार फस्टाउन नसक्दा बियर उपभोग घटेको मन्त्रालयको बुझाइ छ ।

यसबाहेक विद्युतीय सवारीको आयात बढ्दा त्यसबाट पनि राजस्व गुमिरहेको मन्त्रालयले जनाएको छ । विद्युतीय सवारीको आयातमा न्यून कर र अन्तःशुल्कका कारण भन्सार राजस्वतर्फ पनि असर पुगिरहेको ठहर अर्थको छ ।

अर्थ मन्त्रालयको प्रारम्भिक अनुमानलाई पुष्टि गर्ने गरी अन्तःशुल्कको सङ्कलन पनि खुम्चिएको तथ्याङ्कले देखाउँछन् । चालु आर्थिक वर्षको आधा समय पूरा हुँदासम्म आन्तरिक तर्फको अन्तःशुल्क लक्ष्यभन्दा ३२ प्रतिशतले न्यून सङ्कलन भएको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै