मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

दमकका सरकारी जग्गा व्यक्तिको नाममा, तत्कालीन नापी अधिकृतसहित १८७ जना विरुद्ध ४१ करोडको भ्रष्टाचार मुद्दा दायर

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियमित विपरीत सरकारी जग्गा व्यक्ति विशेषको रुपमा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले झापाको साविक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिन खोलाको दोभानबाट उत्तर तर्फ) १८ विगाहा १७ कठ्ठा १३ धुर जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको पुष्टि हुन आएकाले नगरपालिकाका तत्कालीन नापी अधिकृत धानुकसहित १८७ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा  भ्रष्टाचार मुद्दा दर्ता भएको जानकारी दिए।

व्यक्तिको नाममा गरेको १८ विगाहा १७ करोड १३ धुर जग्गाको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८७५ रुपैयाँ बराबर रहेकाले सोही रकम बराबरको बिगो कायम गरी नापी कार्यालय झापाका ९ जना कर्मचारी,सरकारी सार्वजनिक जग्गा गैरकानुनी तरिकाले स्वबासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका सुरु जग्गा दर्तावला ६५ जना र विगो असुल उपर तथा जग्गा जफत प्रयोगजनका लागि मात्र प्रतिवादी बनाइएका ११३ जनागरी  १८७ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
प्रतिवादीहरूले स्वबासी दर्ता प्रक्रियाबाट दर्ता गराइ उक्त जग्गाहरू तह-तह हुँदै राजीनामा वा अन्य प्रक्रियाबाट आफ्नो नाममा ल्याएको देखिँदा प्रतिवादीहरूलाई भ्रष्टाचार  निवारण ऐन २०५९ को दफा ४७ समेतको कानुनी प्रावधान अनुसार सरकारी सार्वजनिक जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याउने अख्तियारले मागदावी गरेको आरोप-पत्रमा उल्लेख छ।

आरोपपत्रको थप जानकारीको लागि यहाँ थिच्नुहोला

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार