मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मेचीनगरले बाँड्यो १०९ जना सुत्केरीलाई पौष्टिक खाद्य सामग्री

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

झापा झापाको मेचीनगर नगरपालिकाले साउनदेखि पुस मसान्तसम्म १०९ जना सुत्केरीलाई पौष्टिक खाद्य सामग्री वितरण गरिसकेको छ । चालु आर्थिक बर्षको आमा तथा नवजात शिशु स्याहार कार्यक्रम अन्तरगत नगारपालिकाले बिनियोजन गरेको ७ लाख बजेटबाट सुत्केरीलाई पौष्टिक खाद्य सामग्री बितरण गरिरहेको मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीले बताइन् ।

दीगो विकास लक्ष्य प्राप्तीका लागि मातृ तथा शिशु स्वास्थ्य प्रवद्र्धन गर्न र नगरका विपन्न तथा पीछडिएका समुदायका महिलाहरुमा प्रजनन स्वास्थ्य सेवाको पहुँच सहज बनाउन पौष्टीक खाद्य सामग्री वितरण गरिएको उपप्रमुख उप्रेतीले बताइन् । ‘तत्कालका लागि ३ सय जना सुत्केरीका लागि पौष्टिक खाद्य सामग्री खरिद गरिसकिएको छ, आवश्यकता अनुसार थप सामग्री खरिद गरेर यो कार्यक्रमलाई निरन्तरता दिने उनले जनाइन् ।

२०७४ सालदेखि नै यो कार्यक्रम सञ्चालन गरेको भए पनि गतबर्षसम्म नगद नै दिने गरिएको थियो तर नगद दिंदा सुत्केरीले प्रत्यक्ष लाभ लिन नसकेको पाइए पछि यो आर्थिक बर्षदेखि पौष्टिक खाद्य सामग्री वितरण गर्न थालिएको उपप्रमुख उप्रेतीले बताइन् ।

सुत्केरीलाई दिइने पौष्टिक खाद्य सामग्रीमा एक केजी ध्यू, एक केजी मह र एक केजी गेढागुढीको मिश्रण रहेको नगरकी स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले बताइन् । सबै सामग्री गुणस्तरिय रहेको र सुत्केरीका लागि अत्यन्तै लाभदायक भएकाले पनि यो कार्यक्रम निक्कै प्रभावकारी देखिएको सापकोटाले बताइन् । अस्पतालमा नै सुत्कारी गराउनु पर्छ भनेर सचेतना फैलाउन पनि यो कार्यक्रमले सहयोग गरिरहेको सापकोटाले बताइन् ।

सुत्केरीको पौष्टिक खाद्य सामग्री पाउनका लागि अस्पतालले दिने शिशु जन्मेको प्रमाण नै राख्नु पर्ने सापकोटाले बताइन् । त्यसैले निशुल्क पौष्टिक खाद्य सामग्री लिन पनि अस्पतालमा नै सुत्केरी गराउँन प्रेरित गरेको  उनकाे भनाइ छ ।

कार्यक्रम अन्तरगत वडा नंं ३ मा सबैभन्दा धेरै २४ जनाले सुत्केरी पौष्टिक खाद्य सामग्री लिएका छन भने सबैभन्दा कम वडा नंं ४ मा एक जनाले मात्रै पौष्टिक खाद्य सामग्री लिएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार