मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

दुई वटा सडक निर्माण गर्न मेचीनगरलाई विश्व बैंकको एक अर्ब सहयोग

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२२ पौष २०८०, आइतबार

झापा । झापाको मेचीनगर नगरपालिकाका दुई वटा मुख्य सडक निर्माणका लागि विश्व बैंकले एक अर्ब ३ करोड रकम सहयोग गरेको छ । मेचीनगरको वडा नंं ९ र १० जोड्ने धुलाबारी मोडदेखि धुलाबारी बजार हुँदै थोप्लेबिरान सामुदायिक वन समूहको कार्यालयसम्मको ५ दशमलव ३ किलोमिटर र मेचीनगर ६ को काकरभिट्टास्थीत भट्टराई चौकदेखि मेचीनगर ४ को बाहुनडाँगी बजारसम्मको ८ दशमलव ५ किलोमिटर बाटो निर्माणका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर अर्थात नेपाली रुपैया एक अर्ब ३ करोड सहयोग उपलब्ध गराउने झापा क्षेत्र नं. १ का प्रतिननिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।

सांसद शर्माले दिएको जानकारी अनुसार ७ प्रदेशका ३३ स्थानीय तहलाई शासकीय सुधार तथा पुर्वाधार आयोजनाका लागि एक अर्ब ५० करोड अमेरिकी डलर अर्थात करीब २ खर्ब नेपाली रुपैयाँ सहयोग उपलब्ध गराउने मध्ये मेचीनगर नगरपालिका क्षेत्रका दुई वटा सडक निर्माणका लागि ७८ लाख अमेरिकी डलर बिनियोजन भएको हो ।

धुलाबारी मोडदेखि बजारहुँदै खुट्टिडाँगी भएर थोप्लेबिरान सामुदायिक बन समूहको कार्यालयसम्म जोड्ने सडकको चौडाई १२ मिटर चौडाईको बाटो हुने र उक्त सडक ड्रेन सहित दुई लेनको हुनेछ भने काँकरभिट्टादेखि बाहुनडाँगी बजारसम्मको बाटोको चौडाई ११ मिटरको हुनेछ । उक्त सडक पनि ड्रेन सहितको दुई लेनको हुने सांसद शर्माले जानकारी दिए ।

यसै साता ठेक्का प्रक्रियामा जाने यी दुई सडक  निर्माणका लागि २०८२ असार ३१ सम्मको अवधी रहने बताइएको छ । गत बजेटमा समेत सडक निर्माणका लागि १७ करोड रुपैयाँ मेचीनगरमा निकासा भएको सांसद शर्माले बताए । उनले पछिल्लो समय मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुख बिच भएको विवादले विकास निर्माणको प्रक्रियामा असर नपर्ने विश्वास समेत लिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार