मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
४ अशोज २०८३, आइतबार

झापा / झापाको दमक नगरपालिका–२ स्थित एक घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–२ बस्ने ३३ वर्षीया मनिषा तामाङको घरमा कोही नभएको मौका छोपी प्रवेश गरी दराज फुटाएर सुनका विभिन्न गरगहना र नगद चोरी भएको थियो। चोरी भएका सामानमा सुनको सिक्री १ थान, बच्चाको तीन तोलाको सुनको चुरा २ थान, सुनको पिजडा २ थान, सुनको तिलहरी १ थान तथा नगद २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनास्थल तथा आसपासका क्षेत्रमा रहेका सीसीटीभी फुटेजको समेत अध्ययन गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले पाँचथरको फिदिम नगरपालिका–४, रवि घर भई हाल झापाको दमक नगरपालिका–५ मा डेरा गरी बस्ने १९ वर्षीय दिपक राईलाई पक्राउ गरेको जनाएको छ।

राईको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको पाउजु १ थान, सुनको पिजडा २ थान र सुनको श्रीबन्दी १ थान फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार