मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

सांसद शर्मा र नगरप्रमुख बुढाथिकी खाेज्दै झापाका यूवा

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१४ माघ २०८०, आइतबार

झापा । झापा मेचीनगर वडा नं. १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय यूवाहरुले  संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक कार्यक्रम सुरु गरेका छन ।शनिवार बिहान स्थानीय यूवाहरुले निर्माणाधिन झोलुङ्गेमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर बिरोध जनाएको ज्यामिरगढीका यूवा जयराम दाहालले बताए। मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल अहिले बजेटको अभावका कारणले  निर्माणको काम रोकिए पछि ज्यामिरगढी क्षेत्रका स्थानीयहरु समस्यामा परेको भन्दै उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले यूवाहरुले दबाब मूलक कार्यक्रम गरेको दाहालले बताए।

ज्यामिरगढी क्षेत्रका लागि लाईफलाईनका रुपमा रहेको झोलुङ्गे पुलको निर्माण कार्य रोकिदा पनि यस क्षेत्रका संघीय सांसद विश्वप्रकाश शर्माले वेवास्ता गरेको भन्दै स्थानीय यूवाले सांसद हराएको सूचना जारी गरेको दाहालले बताए । प्रतिनिधि सभा सासंद शर्माले झोलुगे पुलको शिलान्यास कार्यक्रम गरेपछि अहिले यो पुलमा खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएका तथा उहाँ बेखबर जस्तो भए पछि  सासंद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको कार्यक्रम सहभागी दाहालले बताए । मेचिनगरका नगरप्रमुख बुढाथोकीले धेरै पटक झोलुङ्गे पुलको काम चाडै पुनः सुरु हुने आश्वासन दिएपनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ का स्थानीय रुही राजवंशीले बताए । ज्यामिरगढीको यूवाको समूहले शनिवार बिहान संघीय सांसद शर्मा र नगरप्रमुख बुढाथोकीको फोटो सहितको प्ले कार्डमा संसाद हराएको सूचना र कहिले बन्छ पुल लेखेर प्रर्दशन गरेका हुन ।

निर्माणाधीन पुलको काम रोकिदा बषौंदेखि जोखिम यात्रा गर्नुपर्ने बाध्यता जस्ताको तेस्तै रहने डर भएको स्थानीय प्रकाश खडका बताउछन्  । बर्षातको समयमा निन्दा खोलामा ठुलो भेलबाढी आउछ र बिद्यार्थीले बिधालय जान पाउदैन भने किसानले खेत जान पाउदैनन । त्यस्तै बिरामीले स्वस्थ्य चौकि जान समेत निन्दा खोलाका कारण समस्या पर्ने गरेकाले झोलुङ्गेृ पुल यस क्षेत्रका लागि नभई नहुने पुल भएको स्थानीयहरु बताउँछन । निर्माणको काम रोकिए पछि झोलुङ्गे पुलमा लगाउन राखेको पुलको फलामको लठ्ठामा खिया पर्न थालेको  छ भने अन्य निर्माण सामग्रीहरु समेत अलपत्र अवस्थामा रहेको छ ।

संघीय सांसद शर्मा र प्रदेश सांसद गोपाल तामाङले निर्वाचित भए पछि पहिलो कार्यक्रमका रुपमा उक्त झोलुङ्गे पुलको २०७९ कार्तिक १० गते शिलान्यास गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार