मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

प्लास्टिक दाना भनेर कपडा र काजु ल्याउने ट्रक नियन्त्रणमा, चालक फरार

देश प्रदेश डेस्क 5486+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

झापा  प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायत सामान रहेका दुईवटा ट्रक भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

भारतबाट प्लाष्टिकका दाना ल्याएको भनेर भन्सार कार्यालय प्रवेश गराइएको दुईवटा ट्रक चेक जाँच गर्दा कपडा,  काजु, किसमिसलगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले बताए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि चेकजाँच गर्दा दुईवटै ट्रकमा ठूलो परिमाणमा कपडा, काजु, किसमिस लगायतका खाद्य सामग्री फेला परेको हो ।

ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिषरबाटै नियन्त्रणमा लिई चेकजांच गरिएको तर चालकहरु तत्कालै फरार भएकाले सामानको धनी को हो भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भटराईले बताए ।

शुक्रबार गरिएको प्रारम्भिक जाँचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब २ करोडका सामान रहेको पाइएको छ । ‘सामानहरुको मूल्यांकन गर्ने काम हुदैछ, हामीले अहिले गाडीबाहेक २ करोडको कपडा र काजु किसमिस लगायतका सामान भएको अनुमान गरेका छौं’, भन्सार प्रमुख पौडेलले भने ।

याे समाचार अनलाइन खबरमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै