मुख्य समाचार
झापाका चिया उद्योग बिहीबारदेखि बन्द | भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन |
मुख्य समाचार
झापाका चिया उद्योग बिहीबारदेखि बन्द | भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन |


झापाका चिया उद्योग बिहीबारदेखि बन्द

देश प्रदेश डेस्क 5198+ समाचार ( )
३ आषाढ २०८३, बुधवार

झापा भारतीय चिया बोर्डले मे १ तारीख (बैशाख १८ गते) देखि लागू गरेको मापदण्डमा प्रत्येक खेपको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि असार ४ गते विहीबारबाट झापाका निजी उद्योगसहित वगान बन्द हुने भएका छन् ।
यसअघि एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १५ वटा ट्रकलाई मान्यता दिने गरिएको थियो । तर, भारतले पुरानो व्यवस्था खारेज गर्दै अहिले ट्रकपिच्छे नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान लागु गरेको उनीहरूकाे भनाइ छ ।
भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा ४५ दिनदेखि लगाएको अवरोध हटाउन कुनै पक्षबाट पनि पहल नभएपछि बन्द गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उद्योगीहरुको भनाइ छ ।
डेढमहिनाअघिदेखि व्यवसायीहरु समाधानका लागि सम्बन्धित निकायको ढोकासम्म पुग्दापनि कुनै सुनुवाइ नभएको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए।
नेपालमा उत्पादित सिटिसि तथा अर्थोडक्स चियाको वार्षिक कारोवार करीव १२ देखि १४ अर्बसम्म भईरहेको उनले बताए। करीव पाँच अर्ब बराबरको चिया भारत निकासी भएर विदेशी मुद्रा नेपाली भित्रिरहेको उनको भनाइ छ ।
भारतपछि बङ्गलादेशमा समेत नेपाली चियाको माग भएपनि बङ्गलादेशले नेपालमा उत्पादन भएको चियामा भन्सार छुट नदिँदा उता निर्यात गर्न नसकिएको उद्योगीहरुको भनाई छ । भारतले भने चियामा ५ प्रतिशत मात्र वस्तु तथा सेवाको शुल्क (गुड्स एन्ड सर्भिस ट्याक्स) लगाउँछ । चियाको करमा भने छुट दिएको छ । महँङ्गो भन्सार शुल्ककै कारण बङ्गलादेशमा चिया निर्यात गर्न नसकिएको उपाध्यक्ष शिवकुमार गुप्ताको भनाइ छ । भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा झन ठूलो समस्या खडा भएको उपाध्यक्ष गुप्ताको भनाई छ । भारतको पानीट्याङ्कीमा नै गुणस्तर सङ्कलन भएर कलकत्ताबाट दुइहप्तामा रिर्पोट आउँने  र पास भएमा मात्र निर्यात हुने नियमले चिया व्यवसायी पलायन हुने अवस्था आएको उनले बताए । भारतले ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’का नाममा नेपाली चिया निर्यातमा ‘अघोषित नाकाबन्दी ’ गरेको चिया उद्योगीहरुको भनाई छ ।
 यो समस्या समयमै हल हुन सक्दा यसअघि इलामका ५३ भन्दा बढी अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन् ।
इलामपछि झापाका उद्योग र बगानसमेत बन्द हुन थालेसँगै नेपाली चिया क्षेत्रको सङ्कटमा पर्ने उद्योगीहरुको भनाई छ । झण्डै डेढ महिनादेखि यो समस्याका विषयमा नेपाल सरकार ,परराष्ट्र , कृषि मन्त्रालयलगायत सबै निकायमा ज्ञापनपत्र बुझाएपनि सरकारले गम्भीर चासो नदेखाएपछि उद्योग र बगान बन्द गर्ने बाँध्य हुनु परेको उनीहरुको भनाइ छ । चिया उद्योगीहरुको टोली पटक –पटक प्रधानमन्त्रीलाई भेट्न पुगे पनि भेट्न नपाएको गुनासो उद्योगीहरुको छ । सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो छ ।
 विगतमा यस्ता समस्या देखिँदा सरकारको ध्यानाकर्षणपछि समाधान खोजिने गरे पनि अहिले सम्बन्धित निकायसम्म आफ्नो कुरा पु¥याउन समेत कठिन भएको भन्दैं  उद्योगीहरुले दुःख व्यक्त गरेका छन् । व्यवसायीहरूले तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारतीय अवरोध हटाउन प्रयास गर्नुपर्ने माग छ । नेपाली चिया व्यवसायीहरुका अनुसार नेपाली चिया मिसाएर दार्जिलिङ ब्राण्डमा बिक्री गर्ने उताका व्यवसायीहरु अनि नेपाली चियामाथि नै शङ्का गर्ने ?’ मेची नदी वारी र पारीमा कस्तो विभेद उहीँ विरुवा उहीँ मल पराजुलीले आक्रोश पोखे । परीक्षणका नाममा नेपाली चिया उद्योगी र व्यवसायीहरुलाई दुःख दिने काम मात्र भएको उनीहरूकाे आरोप छ ।
गुणस्तरको बहाना बनाएर भारतले पटक–पटक नेपाली चियामाथि अवरोध सिर्जना गर्ने प्रयास गर्दा पनि नेपाल सरकार चुप लागेकोमा अध्यक्ष पराजुलीले दुःख व्यक्त गरे ।
झापा नेपालको सबैभन्दा ठूलो चिया उत्पादन क्षेत्र हो । यहाँ अर्थोडक्स र सीटीसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्छ । कुल उत्पादनमध्ये पाँच अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात हुने व्यवसायीहरूको तथ्याङ्क रहेको छ । करिव १२ हजार विगाहमा चिया खेती लगाइएको सङ्घले जनाएको छ । चिया क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारीलाइ रोजगार प्रदान गरेको, हजारौं किसान आश्रित रहेको र चिया उद्योगहरुले वार्षिक विभिन्न शीर्षकमा करिब एक अर्ब रुपैयाँ राजस्वसमेत सरकारलाई बुझाउने गरेको तथ्यांक छ । झापामा साना–ठूला गरी ३० भन्दा बढी चिया उद्योग तथा करिब दुई दर्जन चिया बगान छन् । कार्यक्रमकाे सहजीकरण महासचिव शुक्रबहादुर दाहालले गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै