मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

विर्तामाेडमा पाँचदिने अर्गानिक धुप तथा जनै बनाउने तालिम सुरु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

झापा / झापाकाे विर्तामाेडमा पाँचदिने अर्गानिक धुप तथा जनै बनाउने तालिमको उद्घाटन भएको छ । 

विर्तामोड नगरपालिका ६ नं. वडा कार्यालयको सहयोग  र राष्ट्रिय हिन्दु एकता मञ्च नेपालको आयोजनामा विर्तामोड ६ हरिहर गुरुकुलम बेलागाँछीमा उक्त तालिम सुरु भएकाे हाे ।  

राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका कार्यवहाक अध्यक्ष देविभक्त आचार्यको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख आतिथ्यता विर्तामोड नगरपालिका वडा नं। ६ का वडाध्यक्ष  सुर्यप्रसाद कन्दङवाले दिपप्रज्ज्वलन एवं व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रममा वडा सदस्य खेमनाथ  अधिकारी, वडा सदस्य जीवन बाँसकोटा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अविचन्द्र पोखरेल, तालिमका प्रशिक्षक लक्ष्मी  प्रसाद चापागाईं, वेलागाछी टोल विकास संस्थाका अध्यक्ष युवराज खतिवडासमेतको उपस्थिति रहेको थियो । 

सन्चातिल कार्यक्रममा मन्दिर समितिका अध्यक्ष अविचन्द्र पोखरेल, वडा सदस्य जीवन बाँसकोटा, वडा सदस्य खेमनाथ अधिकारीसमेतले  शुभकामना मन्तव्य राख्दै अर्गानिक धुप र जनै  बनाउने तालिमको मुक्तकण्ठले प्रशंसा गरेका थिए । प्रमुख अतिथि कदङ्वाले  स्थानीय स्तरमै दैनिक उपभोगमा आउने र बजार व्यवस्थापन पनि सहज हुने यस्ता अर्गानिक धुप र जनै बनाउनसके उद्यमी बन्न सहज हुने बताए । यी दैनिक चाहिने बस्तुहरुको छनौट गरि सीप सिकाउन सके रोजगारीका अवसर हुने हुँदा वडाले प्राथामिकतामा राखेर सिपतालिम आयोजना गरिएको प्रस्ट्याए ।

कार्यक्रमका अध्यक्ष आचार्यले मन्तव्यको क्रममा  राष्ट्रिय हिन्दु एकता मञ्चले २०७५ सालदेखि  अर्गानिक धुप, जनै तालिम दिदै आएको र यसको माग  समेत दिन दिनै बढेको हुदाँ सबैले राम्रोसँग सीप सिके उद्यमी बन्न सकिने  भएको हुँदा पौष ११ बाट १५ सम्म सन्चालन हुने  याे तालिमबाट  लाभ लिन आग्रह  गर्दै धन्यवादसहित  उदघाटन सत्र कार्यक्रमकाे समापन गरेका थिए । कार्यक्रमकाे सञ्चालन आयोजक संस्थाकी सदस्य एवं  प्रशिकक्षक कल्पना भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया

धन्यवाद नमस्कार । ११ पौष २०८२, शुक्रबार

अतिसान्दर्भिक कार्यक्रम

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार