मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

वायु प्रदूषण घटाउन पाँच बर्से कार्ययोजना

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

झापा / सरकारले वायु प्रदूषणजन्य विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पाँचबर्से कार्ययोजना २०८२–२०८७ ल्याउने तयारी गरेकोे छ ।

सरकारले दिएको निर्देशन अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजनाको मस्यौदा तयार पारेको छ । वायु प्रदूषणबाट हुने विपत्जन्य घटना न्यूनीकरण गर्न नीतिगत रूपमा व्यवस्थित गर्न ल्याउन लागिएको कार्ययोजनाका लागि विभिन्न क्षेत्रका विज्ञसँग सुझाव सङ्कलन सुरु भएको छ ।
नेपालमा वायु प्रदूषण न्यूनीकरण र अनुगमन गर्ने कार्य वातावरण विभाग मातहतमा मात्र छ । न्यून जनशक्ति, स्रोत साधनको अभावका कारण अनुगमनकारी निकायका रूपमा विभाग खुम्चिएको छ । नेपालमा वायु प्रदूषणका कारण अकाल मृत्युको दर बढ्दै गएको छ । अघिल्लो साता विश्व बैङ्कले सार्वजनिक गरेको तथ्य अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि करिब २६ हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।

त्यति मात्र होइन, वायु प्रदूषणले प्रत्येक नेपाली नागरिकको औसत आयु ३.४ वर्षले घटाउँदै लगेको विश्व बैङ्कको प्रतिवेदनले औँल्याएको छ । वायु प्रदूषणले नेपालको कुल गार्हस्थ उत्पादनमा समेत ६ प्रतिशतभन्दा बढीको असर पारिरहेको छ । स्टेट अफ ग्लोबल एयर रिपोर्ट अनुसार नेपालमा सन् २०२१ मा वायु प्रदूषणकै कारण ४८ हजार पाँच सय मानिसको ज्यान गयो । सन् २०१९ मा ४२ हजार जनाको ज्यान गएको थियो । हरेक वर्ष हिउँद र खडेरीमा दोहोरिने वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकालगायत सहरको जनजीवन बेला बेलामा अस्तव्यस्त हुने गर्छ ।

विश्वमा वायु प्रदूषणका कारण सन् २०२१ मा ८१ लाख मानिसको मृत्यु भएको थियो । वायु प्रदूषणलाई विपत्का रूपमा स्वीकार गर्दै विश्वका विभिन्न मुलुकले न्यूनीकरणका उपाय अवलम्बन गरे पनि नेपालमा बेवास्ता गरिएको थियो । वायु प्रदूषण मानिसको जीवनसँग प्रत्यक्ष जोडिँदै स्वास्थ्य, अर्थतन्त्र र सामुदायिक विकासको अवरोध मानिएको विभिन्न अध्ययनले औँल्याएको छ । एक अध्ययन अनुसार नेपालमा २०.५ प्रतिशत मानिसको मृत्यु वायु प्रदूषणका कारणले हुन्छ, जसमा बाह्य वायु प्रदूषणका कारण ९.२ र घरायसी वायु प्रदूषणका कारणले ११.३ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । त्यसैले घरायसी वायु प्रदूषण कम गर्ने र मृत्यु घटाउने सवालमा थोरै प्रगति भए पनि बाह्य वायु प्रदूषण न्यूनीकरणमा चुनौती कायमै छ । यिनै दुष्परिणामबाट मानिसको जीवन बचाउने उद्देश्यसहित सरकारले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकरणको नेतृत्वमा पाँचबर्से दीर्घकालीन कार्ययोजना ल्याउने कसरत थालेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै