मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |
मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |


झापामा एकैदिन दुई ठाउँमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु, पाँच घाइते

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

झापा झापामा एकैदिन शिवसताक्षी र बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
कनकाई पुलमा दुई वटा मोटरसाइकल एकापसमा जुध्दा एक किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– ५ निवासी १८ वर्षीया जेसिका सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई पुलमा बुधवार साँझ ७ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साईकलयात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका– ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको दाहिने कानबाट रगत बग्दा गम्भीर घाइते भएकी थिइन् । घाइते दुवै जनालाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र जेसिकाको सोही अस्पतालमा उपचारको क्रममा राति सवा ८ बजे मृत्यु भएको डीएसपी रिजालले बताए । मृतक जेसिकाले भर्खरै महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी थिइन् । जापान जाने तयारीमा रहेकी उनी आफ्ना डकुमेन्ट पुर्याएर विराटनगरबाट फर्किँदा दुर्घटनामा परेको बताइएको छ ।

त्यस्तै को ३१ प ९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–१ निवासी ४० वर्षीय सुरेश राई र सोही मोटरसाइकल पछाडि सवार इलाम जिल्ला चुलाचुली नगरपालिका– ४ निवासी २९ वर्षीय निश्चल चेम्जोङ घाइते भएका छन् । घाइते दुवै जनाको टाउकोसहित हातखुट्टामा चोट लागेको र उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । साइकलयात्री अर्जुनधारा नगरपालिका– ५ निवासी ६३ वर्षीय गंगा तामाङको दायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरी घर फर्किसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै मोटरसाइकललाई अस्थायी प्रहरी चौकी माईधारले नियन्त्रणमा लिएको छ ।

यता बिर्तामोडमा बुधबार राति पौने १ बजे दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका– ५ निवासी २६ वर्षीय सागर घिमिरे रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तगत बिर्तामोड ३ स्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ५५६८ नम्बरको मोटरसाइकल चालक घिमिरे गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले मृतक घोषित गरेका थिए । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी हुन् ।

५१४० नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका– १० निवासी २९ वर्षीय सरोज बस्नेत र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय सकिन न्यौपानेसमेत गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार