मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

शिवसताक्षीमा विद्यालयको जग्गा व्यक्तिको नाममा

देश प्रदेश डेस्क 5360+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

झापा झापाको एक विद्यालयले उपभोग गर्दै आएको जग्गा व्यक्तिका नाममा बकस पास भएको खुलेको छ । शिवसताक्षी–११ दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले पाँच दशकभन्दा बढी समयदेखि उपभोग गर्दै आएको जग्गासँगै सो जग्गामा निर्माण भएको सरकारी स्थायी संरचना समेत व्यक्तिको नाममा पास भएको खुलासा भएको हो ।

विद्यालयले २०२६ सालदेखि उपभोग गर्दै आएको उक्त जग्गा व्यक्तिको नाममा बकस पास भएको खबर सार्वजनिक भएपछि स्थानीय आश्चर्यमा परेका छन् । सो जग्गामा विद्यालयको भवन र साबिकको स्रोत केन्द्र भवन पनि पर्दछ ।२०८० साल माघ २८ गते सोही क्षेत्रभित्र पर्ने साबिकको कित्ता नम्बर १७१०१ हालको कित्ता नम्बर १९३४७ को १ कट्ठा ८ धुर ३ पाउ जग्गा मालपोत कार्यालय दमकमा विमला कडरिया थापाको नाममा पास भएको थाहा भएपछि विवाद सतहमा आएको हो ।

स्थानीयबासीका अनुसार उक्त जग्गा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको अत्यन्तै महत्त्वपूर्ण क्षेत्रमा पर्छ । उनीहरूको भनाइमा एक धुर जग्गाको मूल्य १० लाख रुपैयाँसम्म पुगेको छ ।सो हिसाबले हाल बकस पास भएको १ कट्ठा ८ धुर जग्गाको बजार मूल्य करिब २ करोड ८० लाख रुपैयाँ बराबर रहेको अनुमान छ ।जग्गाका पूर्वधनी लगनबहादुर कडरियाले आफ्नी श्रीमती र दुई छोराको जानकारीबिना एकल निर्णयमा छोरी विमलाको नाममा बकस पास गराएको उल्लेख छ ।

जग्गा पास गर्न वडा कार्यालयबाट सार्वजनिक बाटो र घरको सिफारिस समेत लिइएको छ । वडा अध्यक्ष बहादुर आङ्बोले हस्ताक्षर गरेका छन् ।

उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिइसकिएको उजुरीकर्ताले बताएका छन् । उजुरीमा संलग्न सबै पक्षहरू कडरियापुत्री विमला थापा, सिफारिस लिने नाम नखुलेका व्यक्ति, वडा अध्यक्ष आङ्बो र सो विषयसँग जोडिएका कागजात, सिफारिस विवरण, विद्यालय क्षेत्रको नक्सा र तस्बिरहरू झिकाई अनुसन्धान गरी दोषी देखिए प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरिएको आयोगमा निवेदन प्राप्त भएको स्रोतले जनाएको छ ।

 विद्यालयको स्थायी संरचना निर्माण भएको जग्गा व्यक्तिको नाममा बकस पास भएको जानकारी साताअघि मात्र प्राप्त भएको विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्माले  बताए ।

उनले प्राविधिक पक्ष केलाउन थालिएको बताएका छन् । लगनबहादुरका ज्वाइँ महेन्द्र थापाले आफू कागजी र कानुनी हिसाबले दह्रो रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार