मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

आगामी सरकारको नेतृत्व रास्वपाले गर्नेछः स्वर्णिम वाग्ले

देश प्रदेश डेस्क 5487+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी सरकारको नेतृत्व रास्वपाले गर्ने दावि गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच हिजाे भएकाे ५ घण्टाकाे भेटवार्ता भएपछि सामाजिक संजाल एक्समा लेख्दै वाग्लेले यस्तो लेखेका छन् ।

उनले एक्समा आफ्नो भिडियो पनि पोष्ट गर्दै देशको राजनीतिले अव कोल्टे फेरेको टिप्पणी समेत गरेका छन् । उनले अव रास्वपाले देशको राजनीतिलाई नयाँ दिशातिर लाने र त्यसको मूल भूमिका राष्ट्रिय स्वतन्त्र पार्टीले खेल्ने पनि बताए ।

उनले रवि र बालेनको फोटो पोष्ट गर्दै अगाडिको उज्यालो बाटो भनेर टिप्पणी समेत गरेका छन् । उनले भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले-कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन भनेर पनि लेखेका छन् ।

वाग्लेले फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउने र नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार