मुख्य समाचार
नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक |

नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता

भेषराज नेपाल 154+ समाचार ( )
१० अशोज २०८३, शनिबार

झापा / लगातारको वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह पार गरेको छ। चितवनको देवघाटस्थित जलमापन केन्द्रमा शनिबार बिहान ६ः५० बजेसम्म नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नारायणीसँगै बागलुङको वामीटक्सारस्थित दरमखोलामा पनि जलसतह सतर्कता तह पार गरेको छ। नदीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान हुने गरेका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान, जोखिमपूर्ण गतिविधि नगर्न तथा सम्भावित बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ जान महाशाखाले अनुरोध गरेको छ। विशेषगरी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

यसैबीच, दिउँसोसम्म नारायणीको जलसतह थप बढेको छ। पछिल्लो विवरणअनुसार देवघाटमा पानीको सतह ८.३० मिटर पुगेको जनाइएको छ भने नदीको बहाव बढ्दो क्रममा रहेको छ।

नारायणीमा पानीको सतह बढ्दै गएपछि चितवन तथा नवलपरासी पूर्वका नदी तटीय क्षेत्रमा सम्भावित डुबानप्रति स्थानीय प्रशासन र सुरक्षा निकायले समेत निगरानी बढाएका छन्। पछिल्लो जलसतह र आधिकारिक बाढी सूचनाअनुसार जोखिम मूल्याङ्कन गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै