मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

राष्ट्रपति सवार हेलिकोप्टर भग्नावशेष अवस्थामा भेटियो, कोही पनि जिवित भेटिएनन्

देश प्रदेश डेस्क 5197+ समाचार ( )
६ जेठ २०८१, आइतबार

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर क्षतविक्षत अवस्थामा फेला परेको छ । उद्दारकर्ताका अनुसार त्यहा कोही पनि जिवित फेला नपरेको बताइएको छ ।

हेलिकप्टरको भग्नावशेष भेटिएपछि इरानी राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएको आशंका गरिएको छ ।

बीबीसीले भने राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमीरा अबदुल्ला हियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको दाबी गरेको छ । इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो । रायसीसँग यात्रामा इरानका विदेशमन्त्री हुसेन पनि सँगै थिए ।

दुर्घटना लगत्तै परिचालित उद्धार टोलीले राष्ट्रपति रायसी सवार हेलिकोप्टर फेला परेको बताइएको छ । खराब मौसमका कारण हेलिकोप्टरले हार्ड ल्याण्डिङ् गर्नु परेको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटनामा परेको हो । मौसम र भौगोलिक जटिलताका कारण खोज र उद्धार टोली दुर्घटनास्थल सम्म पुग्न निकै सकस परेको थियो ।

सरकारी टिभीले राष्ट्रपति रायसीको गृहनगर मशहद सहरमा समर्थकहरुले प्रार्थना र कुशलताको कामना गरिरहेका दृष्यहरु प्रशारण गरेको छ ।

दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ ।

६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।
रायसीको सवारीमा तीनवटा हेलिकोप्टर परिचालन गरिएका थिए ।

अन्य दुई हेलिकोप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेका छन् । तर राष्ट्रपति सवार हेलिकोप्टर भने दुर्घटनामा परेको हो ।

गृहमन्त्री अहमद वाहिदीले खराब मौसमका कारण रायसी सवार हेलिकोप्टरले हार्ड ल्यान्डिङ गरेको बताएको बीबीसीले जनाएको छ ।

यसैबीच, चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनले स्थितिलाई नजिकबाट नियालिरहेको भन्दै उद्धार प्रयासका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने उल्लेख छ । इरानी राष्ट्रपति रायसीले तेहरान र बेइजिङको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार