मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

वनभाेज खान गएका दुई समूहबीच ग्याङ फाइट

देश प्रदेश डेस्क 5482+ समाचार ( )
८ माघ २०८०, सोमबार

झापा झापाको कनकाई नगरपालिका–२ धनुषकोटीधाम स्थित सुकेडाँगीमा पिकनिक खान गएका दुई समूहबीच ग्याङ फाइट भएको छ ।

ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन् । सोमबार बिर्तामोड र सुरुङ्गाका युवाहरू पिकनिक खान त्यहाँ गएका थिए । मादक पदार्थ सेवन गरी ती दुई समूहका युवाहरुबीच वादविवाद भई कुटाकुट भएको थियो ।

ग्याङ फाइटमा बिर्तामोड नगरपालिका–७ का २३ वर्षीय दीपक लिम्बू र सोही ठाउँका ३७ वर्षीय उमेश चौधरीको टाउकोमा, सोही ठाउँकै २३ वर्षीय प्रताप चौधरीको बायाँ आँखा माथि सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । घाइते मध्ये उमेशको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ, भने दीपक र लिम्बूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घटना घटे लगतै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीसहितको प्रहरी टोली घटनास्थल पुगेर त्यहाँबाट सबैलाई लखेटेर भगाएका थिए ।

घटनास्थलमा रहेका आधा दर्जन बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटना मादक पदार्थ सेवन पश्चात् भएको प्रहरी निरीक्षक गिरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै