मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

इटहरी खनारमा तनावमा २२ जना प्रहरी घाइते, ५६ राउण्ड फायर

देश प्रदेश डेस्क 5194+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

झापा  इटहरी –१२ स्थित रिलाईन्स मिल अगाडि कोशी लोकमार्गमा इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको  बसले साइकलयात्री इटहरी –१० बस्ने श्यामनारायण यादवकी छोरी १३ वर्षीया सम्झना यादवलाई ठक्करबाट बालिकाको मृत्युपछि सुनसरीको खनारमा उत्पन्न तनावमा २२ जना प्रहरी घाइते भएका छन् । इटहरी– ९ स्थित जनता माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्ने सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थिति नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीतर्फ २० र सशस्त्र प्रहरीतर्फ २ जना गरी जम्मा २२ जना घाइते भएको र उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।आन्दोलनरत स्थानीयलाई नियन्त्रणमा लिन पुगेका सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिना, डीएसपी रामप्रसाद तिमल्सिना, इटहरीका डीएसपी लक्ष्मी भण्डारी लगायतका प्रहरी घाइते भएका छन् । स्थानीयको भीडले प्रहरीमाथि ढुंगामुडा गर्नुका साथै आगो निभाउन गएको रामधनी नगरपालिकाको दमकलको सिसा फुटाएका छन् ।

स्थिति नियन्त्रण बाहिर गई प्रहरीमाथि ढुङ्गामुडा गरेपछि प्रहरीले इन्सास राईफलबाट ११ राउण्ड, ग्यास गनबाट ११ सेल अश्रु ग्यास, ३०३ राईफलबाट २५ राउण्ड ब्ल्याङ्क फायर , एसएलआरबाट २ राउण्ड, सटगनबाट ७ काटिज गरी जम्मा ५६ राउण्ड फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । बस चालक विराटनगर –१३ वस्ने २७ वर्षीय अमित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरी ल्याइएको छ भने आगजनीबाट क्षतिग्रस्त बस खनार ट्राफिक पोष्टको नियन्त्रणमा रहेको छ । बालिकाको शव साँझ ६.४४ बजे कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

 आइतबार साँझ ४.३० बजे प्रदेश नं. १–०१–००१ ख ४५७४ नं. को बसको ठक्करबाट एकजना छात्राको मृत्यु भएपछि आक्रोशित भीडले सो यात्रुबाहक बसलाई आगो लगाइदिएका थिए । दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका हुन् । आगजनीबाट बस पूर्णरूपले जलेर नष्ट भएको छ । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार