मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

डिल्लीराज माविको तालाबन्दी खुल्यो , बुधवार छलफल हुने

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

झापा  झापा गाउँपालिकामा रहेको डिल्लीराज माध्यमिक विद्यालयमा शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

प्रधानाध्यापक बिरेन्द्रप्रसाद गुप्ताको कोठा र जिन्सी शाखामा तालाबन्दी गरिएको शिक्षक प्रतिनिधि एकनारायण गणेशले जानकारी दिए ।

शिक्षकहरुले विद्यालयमा बढ्दो बेथिती अन्त्य गर्न माग गर्दै आएका छन् । उनीहरुले विद्यालयका प्रअ गुप्ताबिरुद्ध अख्तियारमा परेको मुद्दाको तत्काल छिनोफानो हुनुपर्ने माग राखेका छन् । सर्वपक्षीय र अभिभावक भेलाको माग गर्दै शिक्षकले तालाबन्दी गरेका हुन् । विद्यालयको पठनपाठनमा भने कुनै अवरोध नभएको बुझिएको छ । तालाबन्दीका क्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलाम शेखको उपस्थिति रहेको थियो ।

यसैबीच झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको रोहवरमा ताला खोलिएको छ । बुधवार गाउँपालिका कार्यालयमा छलफल गर्ने गरी ताला खोलिएको जनाइएको छ । पुष १७ गते विद्यालयका संस्थापक स्व. डिल्लीराज गणेशको ३४ औं स्मृति दिवस र विद्यालयको ६० औं वार्षिकोत्सव आयोजना नगर्दा शिक्षकहरुले तालाबन्दी गरेको प्रअ गुप्ताले दावी गरे । उनले स्मृति दिवस तथा विद्यालयको वार्षिकोत्सब विद्यार्थीहरुको वार्षिक नतिजा आएपछि मनाउने विद्यालय व्यवस्थापन समितिको निर्णय रहेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार