मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

४१ जनाको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा, उद्धार कार्य जारी

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

जाजरकोट र रुकुम पश्चिममा भूकम्पका घाइतेहरू तथा  बिरामीको उपचारका लागि काठमाडौंबाट  ४१ जनाको विशेषज्ञ  चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। 

स्वास्थ्य मन्त्रालयले समन्वय गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीर अस्पतालका गरी ४१ जना विशेषज्ञ चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा घाइतेहरूको उपचारको लागि गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। 

उनका अनुसार ४१ जना स्वास्थ्यकर्मीहरूको टोलीमा नर्सिङ तथा प्यारामेडिक्सहरुसमेत रहेका छन्।  उनले अर्थोपेडिकल तथा ट्रमासम्बन्धी सर्जन, एनेस्थेसिया, एमडिजीपी तथा मेडिकल अफिसरहरु मिलाएर पठाइएको बताए। सर्जनहरुले जिल्ला अस्पतालमा बेस बनाएर शल्यक्रिया गर्नेछन्। मेडिकल अफिसरहरुलाई स्थानीय क्षेत्रमा परिचालन गरी उपचार गरिने तयारी छ। त्यसमा नर्सिङ तथा प्यारामेडिक्सहरु पनि छन्।

उनले आवश्यकताका आधारमा थप जनशक्ति पठाउने गरी यता तयारी भइरहेको पनि बताए। यसैबीच सरकारले नेपालगञ्जको भेरी अस्पताल, र सुर्खेत प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पताल बनाइएको छ। प्रवक्ता डा बुढाथोकीले यी अस्पताल बाहेक नेपालगञ्ज मेडिकल कलेज सहित अरु त्यस आसपासमा रहेका अन्य ठूला अस्पतालहरुलाई समेत  तयारी अवस्थामा राखिएको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार