मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |
मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |


झापाका महिलाहरुले बहुविवाहलाई रोक्न ज्ञापन पत्र बुझाए

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

झापा बहुविवाहलाई कानूनी वैधता दिने कानूनको मस्यौदा तयार भएको सार्वजनिक भएसँगै झापाका महिलाहरुले त्यसलाई रोक्न दवाव स्वरुप ज्ञापन पत्र बुझाएका छन् ।
विभिन्न राजनीतिक दलमा आवद्ध महिलाहरुको संगठन अन्तर पार्टी महिला सञ्जाल, महिला, बालबालिका, मानवअधिकार, सञ्चार तथा अन्य विभिन्न क्षेत्रमा रहेरका सामाजिक काममा क्रियाशिल महिलाहरुका संघसंगठनसहितको प्रतिनिधिमुलक सहभागितामा झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र संघीय कानून तथा न्याय मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्लाका बिर्तामोड, मेचीनगर, भद्रपुर लगायत विभिन्न ठाउँबाट मङ्गलबार जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेका महिलाहरुको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै बहुविवाहलाई कानूनी मान्यता दिनु लोकतन्त्र र महिलाको संघर्षपूर्ण आन्दोलनको उपहास हुने भन्दै ध्यानाकर्षण समेत गराएका थिए ।
सोही विषयमा केन्द्रीत रहेर झापाका अन्तर पार्टी महिला सञ्जाल तथा सम्पूर्ण नेपाली महिलाहरु, राजनीतिक दलका महिला आवद्ध संगठनले कानून मन्त्रालयले बहुविवाह गर्न पाउने कारणसहित कानूनको मस्यौदा तयार गर्ने विषय नेपालको संविधान र संयुक्त राष्ट्र संघको ‘महिलामाथि हुने सबै प्रकारका विभेदको उन्मूलन सम्बन्धी महासन्धि १९७९ को विरोधमा रहेको ठहर गरेको छ ।

अन्तर पार्टी महिला सञ्जालद्वारा बुझाइएको ज्ञापन पत्रमा ‘बहुविवाह महिलाहरु माथि हुने उत्पीडनको विषय मात्र नभइ, मानव अधिकारको गम्भीर उल्लंघन पनि हो। यो सामाजिक, आर्थिक, पारिवारिक, सांस्कृतिक हिसाबले पनि अनुचित, विवादस्पद र अन्यायपूर्ण छ ।’ बहुबिवाहको अन्त्य महिलाहरुको निरन्तर संघर्ष र बलिदानपूर्ण आन्दोलनको उपलब्धी भएको समेत महिला सञ्जालले स्मरण गराएको छ ।प्रस्तावित मस्यौदामा उल्लेखित बहुविवाह सम्बन्धी विषयको बचाउ गर्दै कानून मन्त्रालयका सचिवले ‘दोस्रो महिला र उनको बच्चाको अधिकार संरक्षणका लागि यो व्यवस्थाका लागि ल्याइएको भन्ने तर्कप्रति महिला आवद्ध संघसंस्थाका प्रतिनिधिहरुले गम्भिर आपत्ती जनाएका छन् ।

झापाका ३० बढी संघसंस्थाले सामुहिक रुपमा बुझाएको ज्ञापन पत्रमा पुरुषको विवाहेत्तर सम्बन्ध र गैरजिम्मेवार पनलाई कानूनी विवाहको जामा पहिराएर वैधता दिनु कुनैपनि दृष्टिकोणले न्यायोचित हुन सक्दैन । एकल महिला र उनीहरूका सन्तानको अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो, तर यसको समाधान बहुविवाह जस्तो सामाजिक अपराध कदापि होइन ।’
 ‘सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७२ मा संशोधन गर्न एक विधेयकको मस्यौदा तयार पारेको छ। प्रस्तावित व्यवस्थामा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासंगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासंग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछु भन्ने प्रावधान राखिएको छ, जसले बहुविवाह जस्तो फौजदारी अपराधलाई वैधानिकता दिने स्पष्ट मनसाय राख्दछ ।’
ज्ञापन पत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारीले कानूनको मस्यौदा निर्माण भए नभएको बारे केही भन्न सक्ने अवस्थामा नरहेको बताउँदै महिलाहरुले बुझाएको ज्ञापनपत्र तत्कालै पठाउने बताए।

सो क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा लगायत विभिन्न राजनीतिक दलका महिला संगठनका जिल्ला तथा केन्द्रीय तहका महिला नेतृहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै