मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

काँकडभिट्टामा सशस्त्र प्रहरीले स्थानीयलाई खुकुरी प्रहार गर्दा ६ घाइते

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

झापा सशस्त्र प्रहरीले काँकाडभिट्टामा स्थानीयालाई खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका हुन् । उक्त घटना काँकडभिट्टास्थित नेपाल-भारत सीमाको स्तम्भ नम्बर ९०२/९०३ नजिक भएको हो ।

काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्र प्रहरीका कोट मास्टर र ड्राइभरले खुकुरी निकालेर हानेको स्थानीयले बताए । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।

विषेश राजबंशीको हात कटिएको छ । स्थानीय मिलन चापागाईंको हात कटिएको बताइएको छ । दीपक बातर र आनह यादवलाई जीउमा चोट लागेको छ । घाइतेको उपचारको लागि बीएण्डीसी अस्पताल लगिएको जानकारी प्राप्त भएको छ । काँकडभिट्टा क्षेत्रमा विगतदेखि नै सशस्त्र प्रहरीले आतंक मच्चाउँदै आएको छ । कहिले तस्करले लाइन नदिएको भन्दै कुटपिट गर्दै आएको छ भने कहिले आफ्नै कर्मचारी माथि हातपात गर्दै आएको छ ।    ekharipati.com बाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार