मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

चालीस लाखभन्दा बढीको चिनी नष्ट

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१७ आषाढ २०८२, मङ्गलबार

झापा / नवलपुरकाे महेशपुर भन्सार कार्यालयले ४० लाख १२ हजारभन्दा बढीको चिनी नष्ट गरेको छ ।

चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरही नदी किनारमा खाल्टो खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ६२ हजार ७०० किलोग्राम चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरिएको थियो । कार्यालयसँग बजेट अभाव देखाएर चार वर्ष पहिले चिनी नष्ट गर्न नसकिएको जनाइएको छ ।

खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी खानयोग्य नरहेको रिपाेर्ट पठाएपछि भन्सारले लिलाम प्रक्रिया अगाडि नबढाएको भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले बताए ।

भारतबाट अवैध रुपमा ल्याएको रु पाँच लाख ८८ हजार बराबरको ७० बोरा धानको बीउसमेत आज नष्ट गरिएको भन्सारले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार